पर्यटन व्यवसायी महिलालाई व्यवसाय व्यवस्थापन तालीम

पोखरा, २५ चैत
महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)ले आयोजना गरेको पर्यटन व्यवसाय व्यवस्थापन तालिम सम्पन्न भएको छ । पर्यटन क्षेत्रमा आतिथ्यता, गुणात्मक सेवा, र व्यवस्थापकीय पक्षका बारेमा तालिम संचालन गरिएको थियोे ।

तालिमको आइतबार नेपाल पर्यटन वोर्डका गण्डकी प्रदेशका प्रमुख मणि लामिछानेले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा वोल्दै उनले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा महिला व्यवासायीको भुमिका महत्वपुर्ण रहेको बताए । पर्यटन क्षेत्रको प्रवद्र्धनको लागि तालिमले सहयोग गर्ने उनले बताए ।

पोखरा प्राविधिक शिक्षालय गण्डकी प्रदेशका प्रमुख जीवन प्रसाद भण्डारीले पर्यटक र प्रवद्र्धन विषयमा प्रशिक्षण दिएका थिए । पर्यटकलाई गुणात्मक सेवा प्रदान गर्नुपर्ने उनले बताए ।


तालिमको दोस्रो दिन नेपाल टुरिजम वोर्ड गण्डकी प्रदेशका प्रमुख मणि लामिछाने र पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक चन्द्रकान्त पौडेलले सहजीकरण गरेका थिए ।तालिममा लामिछानेले पर्यटनका विषयमा सहजीकरण गरेका थिए । पर्यटन व्यवसाय संचालनको लागि हस्पिटालिटी म्यानेजमेन्ट महत्वपूर्ण पाटो रहेको उनले बताए । पर्यटकको वसाई लम्व्याउनको लागि थप पर्यटकीय गन्तव्य पहिचान गरी प्रचार प्रसार गर्नुपर्ने उनको भनाई छ । तालिममा अनुभव पनि आदान प्रदान गरिएको थियो । तालिममा प्रशिक्षण दिदै पौडेलले व्यवस्थापन महत्वपुर्ण रहेको बताए । व्यवसायलाई व्यवस्थित रुपमा संचालन गरी आफ्नो मौलिकताले पर्यटकलाई आकर्षित गर्नुपर्ने उनको भनाई छ ।

पोखरा महानगरपालिका वडा नं ६ का अध्यक्ष जगत पहारीले पर्यटन क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको बताए । तालिमले क्षमता अभिवृद्धीका साथै आत्म विश्वास बढाउने उनको भनाई छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेलले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्नुपर्ने बताए ।

कार्यक्रममा संस्थाका सल्लाहकार देवका पहारी, पम्फा पहारी, प्रशिक्षार्थी वृन्दा धरेल, लगायतले वोलेका थिए । संस्थाका अध्यक्ष जमुना पराजुलीले धन्यवाद सहित कार्यक्रमको समापन गरेकी थिईन् । पर्यटन व्यवसायी महिलाको क्षमता तथा दक्षता अभिवृद्धीको लागि तालिम संचालन गरिएको उनले बताईन् ।

तालिममा संस्थाका ६० जना सदस्यको सहभागिता रहेको कार्यक्रम संयोजक शर्मिला न्यौपानेले बताईन् ।

You might also like

Comments are closed.