पर्यटन व्यवसायी महिला संघको टोली भारतको अवलोकन भम्रणमा

पोखरा, २१ बैशाख
पर्यटन व्यवसायी महिला संघ नेपालको (टेवान) को टोली गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले पहिलो पटक छिमेकी राष्ट्र भारतको अवलोकन भम्रणमा निस्किएको छ ।

६ दिने भ्रमणमा निस्केको २१ जनाको टोलीले दार्जलिङ, सिक्किम र ग्यान्टोकका विभिन्न स्थानको अवलोकन, होमस्टेको अवलोकन तथा त्यहाँ स्थित पर्यटन विभागसँग अन्तक्रिया समेत गर्ने पर्यटन व्यवसायी महिला संघ नेपालका अध्यक्ष लक्की कार्की क्षेत्रीले बताए।

गण्डकी प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालयले २०१९ लाई आन्तरिक पर्यटन वर्षको घोषण गरेर कार्यक्रम अगाडी बढाईरहँदा गरिएको यो भम्रण पर्यटन प्रवद्र्धनको लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

आगामी दिनमा पनि यस्ता किसिमका आन्तरिक तथा छिमेकी राष्ट्रको भम्रण गर्ने योजना रहेको कार्यक्रम संयोजक तथा संस्थाका महासचिव कमला गिरीले जानकारी दिए ।
पर्यटन प्रवद्र्धनको उद्देश्यले स्थापना भएको संस्था स्थापना कालदेखि नै विभिन्न पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको छ । अध्यक्ष लक्की कार्की क्षेत्रीको नेतृत्वमा निस्केको भ्रमण टोली बैशाख २६ गते पोखरा फर्कनेछ ।

You might also like

Comments are closed.