पर्यावरण जोगाउन वृक्षरोपण महत्वपूर्ण : जीवन

पोखरा, ८ साउन ।

गण्डकी प्रदेशका सांसद रामजी बराल जीवनले बिग्रदो वातावरणको संरक्षण गरी पर्यावरण जोगाउन वृक्षरोपणले महत्वपूर्ण योगदान पु¥याउने बताएका छन् । विकसित मुलुकहरुले कार्वन उत्सर्जन गर्दा वातावरण प्रदुषित भएको भन्दै नेपालको हरियालीले संसारभरको वातावरण संरक्षणमा योगदान पु¥याउने धारणा राखे । शुक्रराज उच्च मावि पुम्दीभुम्दी आयोजित वृक्षरोपण कार्यक्रममा बोल्दै जीवनले खाली रहेको ठाउँमा वृक्षरोपण गर्नुपर्ने बताए । उनी विद्यालयका अध्यक्ष समेत हुन् ।

लायन्स क्लब अफ पोखरा मिड टाउनले शुक्रराज उच्च माविमा वृक्षारोपण कार्यक्रम गरेको हो । क्लबको वार्षिक कार्यक्रम अनुसार वृक्षारोपण गरिएको क्लबका अध्यक्ष देवी तिमिल्सिनाले बताइन् । कार्यक्रममा पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बराल, लायन्सका कमिटि कोचिरपर्सन साबित्री अर्याल, रिजन चियरपर्सन अर्जुन थापा, जोन चियरपर्सन सोबित पौडेल, क्लबका उपाध्यक्ष विश्वास भण्डारी, सुरेन्द्र पौडेल, वृक्षरोपण कार्यक्रम संयोजक ऋषिकेश पराजुली लगायतले बोलेका थिए ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...