पर्वतको सरस्वती माविका विद्यार्थीलाई वोटेफद्वारा न्यानो कपडा र स्टेसनरी वितरण

पोखरा, २६ पुस ।

महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ) ले विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी सामान वितरण गरेको छ । न्युन आयस्तर भएका विद्यार्थीलाई सहयोग गरिएको मञ्चले जनाएको छ । सामाजिक उत्तरदायित्व वहन गर्दै कार्यक्रम गरिएको अध्यक्ष जमुना पराजुलीले जानकारी दिइन् ।

पर्वतको मोदी गाउँपालिका ५ वाजुङमा रहेको सरस्वती मा.वि.मा वाल कक्षा देखी कक्षा ५ सम्म अध्ययनरत ३६ जना विद्यार्थीलाई सहयोग गरिएको कार्यक्रम संयोजक कान्ती अधिकारीले जानकारी दिइन् ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथी तथा सल्लाहकार देवका पहारीले मञ्चले छोटो समयमा नै धेरै राम्रो र उदाहरणीय काम गरेकोमा प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोगका काम गर्नुपर्नेमा जोड दिइन् । राज्यले वालवालिकाको लागि विभिन्न प्याकेज ल्याएपनि सबै ठाउँमा नपुगेको अवस्थामा बालबालिकाको लागि पनि केही गर्नुपर्छ भन्ने सोचका साथ सहयोग गरिएको पाहारीले बताइन् ।

कार्यक्रममा वोल्दै संस्थाका अध्यक्ष जमुना पराजुलीले बालबालिकालाई सहयोग गर्न पाउदा खुसी व्यक्त गरिन् । आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने उनले बताइन् । सहयोगमार्फत संस्था र विद्यालय जोडिन पाएको भन्दै पराजुलीले कार्यक्रम सफल बनाउन खटिएर लाग्ने संस्थाका सवै सदस्यलाई धन्यवाद व्यक्त गरिन् । कार्यक्रममा सल्लाहकार पम्फा पाहारी, नर्मला कँडेल लगायत संस्थाका पदाधिकारी तथा सदस्यको सहभागिता थियो ।

विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा वौल्दै पौडेलले विद्यार्थीलाई सहयोग गरेकोमा संस्थाप्रति आभार व्यक्त गर्नुका साथै आगामी दिनमा संस्थाले अझै धेरै राम्रा काम गर्न शुभकामना दिए । विद्यालयका शिक्षक चिरञ्जिवी अधिकारीले स्वागत गरेका थिए भने अजय लामिछानेले कार्यक्रम संचालन गरेका थिए ।

You might also like

Comments are closed.