पर्वतमा लायन्सको निशुल्क स्वास्थ्य शिविर

आर्थिक आवाज
पोखरा, ५ माघ ।
पर्वतको महाशिला गाउँपालिका वडा नं. ५ पर्वत स्थित लुखु स्वास्थ्य केन्द्रमा निशुल्क स्वास्थय शिविर सम्पन्न भएको छ ।
लायन्स क्लब अफ पोखरा फेवा सिटी, लायन्स क्लब अफ पोखरा लालिगुराँस, लायन्स क्लब अफ पोखरा डेष्टिनेशन, लायन्स क्लब अफ पोखरा पिस होम, लायन्स क्लब अफ पोखरा वर्किड्डटुगेदरको अयोजनामा निशुल्क स्वास्थ्य शिविर भएको हो ।

गण्डकी मेडिकल कलेज पोखरा र मनिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा भएको उक्त शिविरको स्थानीय व्यवस्थापन महाशिला गाउँपालिका र वडा नं ५ ले गरेको थियो ।

शिविरमा एक हजार जना भन्दाबढी लाभान्वित भएको क्लबले जनाएको छ । शिविरमा हाड जोर्नी तथा नशा, नाक, कान, घाटी, स्त्री रोग परिक्षण, छाला तथा यौन रोग, दाँत, भिडियो एक्सरे ल्याव परिक्षण र भिडियो एक्सरे सेवा प्रदान गरिएको थियो र निशुल्क औषधी समेत वितरण गरिएको थियो ।

शिविरमा डा. सरस्वती न्यौपाने, डा.प्रकाश शर्मा, डा.कविता शाहा, डा. प्रज्वल पुडासैनी, डा. राजेश महर्जन, डा. प्रविन श्रेष्ठ, डा.शैलेसप्रसाद श्रेष्ठ, डा.सोफाया माकाजु, डा.सुदिप गिरी, डा.सुरेश भकारी, डा.सुमन पौडेल, डा.कविन्द्र थापा, डा. प्रेम भुजेल, डा. प्रिटीना नकर्मी तथा नर्सहरु सुविता श्रेष्ठ, विमला काफ्ले, वर्षा बराल, अञ्जना तिमिल्सिना, तारादेवी शर्माको टोली खटिएको थियो ।

कार्यक्रममा बोल्दै महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले शिविरले यस गाउँमा स्वास्थ्य सेवामा पहुँच पु¥याउन मद्दत मिलेको बताए ।
स्वस्थ्य क्षेत्र आफैमा संवेदनशिल क्षेत्र हो यहाँको स्वास्थ्य क्षेत्रलाई सुदृढिकरण गरी यहाँका जनतालाई स्वास्थ्यको क्षेत्रमा सहज पहुँच पु¥याउने हाम्रो लक्ष्य हो’,अध्यक्ष पौडेलले भने । स्वास्थ्यसँगै यहाँको पर्यटन क्षेत्रको विकास गर्न पनि लायन्स क्लबहरुसँग हातेमालो गरेर अगाडि बढ्न गाउँपालिका सधै तयार रहेको उनको भनाई थियो ।

लायन्स क्लब ३२५ वि वान डिष्ट्रिकका पिआरओ इन चिफ परमेश्वर बरालले स्वास्थ्यको पहुँच नपुगेको ठाँउमा सेवा दिन सधै लायन्स क्लब तयार रहेको बताए ।
रिजन चियर पर्सन मोतिराज तिमिल्सिनाले शिविरमा यहाँका स्थानीवासी लाभान्वित भएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा महाशिला गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष जिवन विक्रम उचै, जोन चियर पर्सन लक्ष्मी बराल, लायन्स क्लब अफ पोखरा डेष्टिनेशनकी अध्यक्ष डा.सरस्वती न्यौपाने शर्मा, लायन्स क्लब अफ पोखरा पिस होमकी अध्यक्ष लक्ष्मी केसी, लयान्स क्लब अफ पोखरा फेवा सिटीकी कुलमाया पौडेल, लायन्स क्लब अफ पोखरा वर्कि टुगेदरका अध्यक्ष कृष्ण भण्डारी लगायतले बोलेका थिए ।कार्यक्रम लायन्स क्लब अफ पोखरा फेवा सिटीकी अध्यक्ष दुर्गा गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

You might also like

Comments are closed.