पर्वतीय संग्रहालय परिसरमा वृक्षारोपण

पोखरा ।
विश्व वातावरण दिवसको अवसरमा पोखरा महानगरपालिका–१७ रातोपैह्रास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय परिसरमा वृक्षारोपण गरिएको छ ।विश्वव्यापीरुपमा पैmलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि घोषित बन्दाबन्दीको अवसरमा सामाजिक दुरी कायम गरि धुपी र चिउरीका विरुवा रोपिएको हो ।

गण्डकी प्रदेशसभा सदस्य एवम् नेपाल कम्युष्टि पार्टी (नेकपा) कास्कीका अध्यक्ष कृष्ण थापाले वृक्षारोपण गर्दै वातावरणमैत्री विकास निर्माणमा जोड दिनुपर्ने बताए ।कार्यक्रममा पूर्व राज्यमन्त्री एवम् नेकाका नेता महादेव गुरुङ, पोखरा १७ वडाअध्यक्ष तिर्थ अधिकारी, कार्यपालिका सदस्य राधीका शाही योगी लगायतको सहभागिता थियो ।

विश्ववातावरण दिवसको अवसरमा प्रत्येक बर्ष आवश्यकता अनुसारका विरुवा रोप्ने गरेको र यस बर्ष बन्दाबन्दीमा पनि वृक्षारोपण सहित परिसरमा यसअघि रोपिएका विरुवाको गोडमेल समेत गरिएको संग्रहालयका निर्देशक शंकर गौतमले जानकारी दिए ।

 

You might also like

Comments are closed.