पर्वत थापाठाना पोखरा सम्पर्क समाजद्धारा प्रहरी उपरिक्षक रानालाई सम्मान

पोखरा, ५ जेठ ।

पर्वत थापाठाना पोखरा सम्पर्क समाजले कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम रानालाई स्वागत सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै रानाले समाजले गरेके सम्मान प्रति धन्यवाद ज्ञापन गरे । साथै काम गरेर देखाउने बताए ।

कार्यक्रममा प्रेमबहादुर शर्मा, तोयानाथ शर्मा, तिलबहादुर जि.सी, बलबहादुर थापा लगायतले बोलेको संस्थाका सदस्य अर्जुन खनालले जानकारी दिए ।

समाजका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समाजका उपाध्यक्ष श्याम वहादुर थापा र संचालन समाजका सचिव रमेश थापाले गरेका थिए ।

You might also like

Comments are closed.