जनप्रतिनिधीलाई वधाई तथा सम्मान कार्यक्रम

पोखरा, २४ चैत ।

पर्वत मिलन समाज पोखराले पर्वत जिल्लाबाट प्रदेश÷ प्रतिनिधि र रािष्ट्रय सभामा निर्वाचित सम्पुर्ण जनप्रतिनिधिहरुलाई एक समारोहका विच बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

पर्वत जिल्ला जन्म स्थान भई पोखरा आई विभिन्न पेशा र व्यवसायमा आवद्ध रहेर स्थाई वा अस्थाई रुपमा पोखरालाई कर्मथलो वनाई बस्ने सम्पुर्ण पोखरा निवासी पर्वतेलीहरुको साझा मञ्च पर्वत पोखरा मिलन समाजले सो कार्यक्रमको आयोजना गरेको हो । राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, प्रतिनिधि सभा सदस्य लालकाजी गुरुङ्ग, प्रदेश न ४ का प्रदश सभा अध्यक्ष नेत्रनाथ अधिकारी, प्रदेश न ४ का मन्त्री विकास लम्साल, प्रदेश सभा सदस्य जुनादेवी नेपाली, गायत्री गुरुङलाई सम्मान गरेकासमाजका आजिवन सदस्य देवराज शर्माले जानकारी दिए ।

सम्मानित व्यक्तित्वहरुले अव सवै जुटेर पर्वतको विकास र समृद्धिमा योगदान दिने धारण व्यक्त गरे । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफुले कानुन बन्ने विषयमा कुनै त्रुटि हुन नदिई सुशासन र विकासमा खेल्न सकिने भुमिकामो कुनै कसुर वाँकी नराख्ने धारणा राखे । साथै अन्य वक्ताहरुले पनि पर्वतले समग्र देशको र प्रदेशका पनि महत्वपुर्ण क्षेत्रमा नेतृत्व प्रदान गर्ने तहका स्थान पाएको यो अवसरलाई साँच्चिकै पर्वतको सान रहने गरी आफुहरुले काम गर्ने प्रतिवद्धता सम्मानित सम्पुर्ण जनप्रतिनिधिहरुले जनाएका छन् ।

समाजकी अध्यक्ष अनिता गुरुङको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना थिए भने कार्यक्रममा स्वागत सुरेन्द्र पौडेल तथा सञ्चालन शिवालाल उपाध्यायले गरेका थिए ।

You might also like

Comments are closed.