पशु सेवामा कार्यरत कर्मचारीले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षणपत्र

पोखरा ।
नेपाल पशु स्वास्थ्य सेवा प्राविधक संघ(नेल्टा), नेपाल पारा भेटेनरी एण्ड लाइभस्टक एशोसिएसन(नेल्भा) तथा नेपाल कृषि प्राविधिक एशोसिएशन(नाटा)ले गण्डकी प्रदेहका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ध्यानाकर्षण पत्र बुझाएक छन् ।

निजामती सेवालाई चुस्त र दुरुस्त बनाउन तथा कर्मचारीको मनोवल नघट्ने गरी काम गर्न अस्थायी संगठन तथा व्यवस्थापन राम्रे सगँ गर्न उनिहरुले आग्रह गरेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ सगैं भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री लेख वहादुर थापा मगर, गण्डकी प्रदेशका प्रमुख सचिव विष्णु नेपाल, भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका निमित्त सचिव गंगालाल पोखरेल लगायतलाई उनिहरुले ध्यनाकार्षण पत्र बुझाएका छन् ।

नेल्टाका गण्डकी प्रदेश संयोजक सहदेव पौडेल,नेल्भाका संयोजक नवराज अधिकारी तथा नाटाका गुरुप्रसाद अधिकारीले संयुक्त रुपमा मुख्यमन्त्री, मन्त्री तथा सचिवलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

संघिय मामिला तथा सामानय प्रशासन मन्त्रालयको कार्य सम्पादन मुल्याङ्कन सम्वन्धी परिपत्र अनुशार छैटौ, सातौं र आठौ. थहका कर्मचारीको कार्य सम्पादन मुल्याङकन नवौं तहको अधिकृतले सुपरिवेक्षण रहनुपर्ने उनिहरुको माग छ ।संक्रमण रोग रोकथाम नियन्त्रण गर्न संलग्न कर्मचारीलाई उच्च मनोवलका साथ कार्य अतिरिक्त सुविधा पनि माग गरेका छन् ।

निजामती सेवालाई नियमित व्यवस्थित, भरपर्दो, मर्यादित एवं जवाफदेही बनाउन सवै सरोकारवालको समान योगदान रहने नेल्टाका महासचिव सुरेशकुमार श्रेष्ठले बताए ।

You might also like

Comments are closed.