पश्चिमाञ्चल क्षेत्रीय होटल संघ पोखरा म्याराथनको सहप्रायोजक

आर्थिक आवाज

पोखरा, ३ माघ । भूतपूर्व खेलाडी मंच नेपालको आयोजनामा आगामी फागुन ७ गते हुने ‘१३औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’का लागि पोखरेली विभिन्न संघसंस्था र व्यावसायिक प्रतिष्ठानहरु एक पछि अर्को गर्दै सहयोगका लागि अगाडि आएका छन् । पोखरा म्याराथनलाई सफल बनाउन पहिलो पटक पश्चिमाञ्चल क्षेत्रीय होटल संघ (हान) ले आफ्नो तत्परता देखाएको छ । संघको कार्यालयमा आयोजित एक कार्यक्रममा पश्चिमाञ्चल होटल संघ र म्याराथनको आयोजक भूतपूर्व खेलाडी मंच नेपाल विच सहप्रायोजनका लागि सम्झौता भएको हो ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन र मंचका अध्यक्ष तेज गुरुङले सहप्रायोजनका लागि एक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । पोखरा आएर विभिन्न होटलमा बस्ने पर्यटकहरुलाई म्याराथनमा सहभागिता गराउने र होटल तथा पर्यटन ब्यवसायीहरुले म्याराथनका सफल बनाउन विभिन्न प्रचारत्मक कार्यक्रमहरु गर्ने भएको छ ।

सो अबसरमा बोल्दै हानका अध्यक्ष विकल तुलाचनले पोखरा म्याराथन जस्तो महत्वपूर्ण कार्यक्रममा संघ समेत सहभागी हुन पाउँदा निकै गौरब लागेको बताए । उनले भने, ‘पोखरा म्याराथन सबै पोखरेलीले गर्ब गर्ने कार्यक्रम मध्येको एक हो हामी सबैले मन खोलेर सहयोग संगै सहभागिता देखाउनु पर्छ ।’ पोखरा म्याराथन खेलकुदको कार्यक्रम मात्र नभई पोखराको पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रम पनि रहेकोले यसलाई सफल बनाउन नैतिक तथा भौतिक रुपले सहयोग गर्नु पर्ने आवश्यक्ता रहेको औंल्याए  ।

मंचका अध्यक्ष तेज गुरुङले पोखराको गौरब गर्ने संस्था मध्येको एक पश्चिमाञ्चल क्षेत्रिय होटल संघ पोखरा म्याराथन संग जोडिएकोमा खुसी व्यक्त गर्दै म्याराथन सफल बनाउन सबै उत्साहजनक रुपमा अगाडी वढेको बताए । मंचको ध्येय पोखरालाई माया गर्ने सबै संघ संस्था र व्यावसायिक प्रतिष्ठानहरु सहयोगका लागि अगाडि आउन भन्ने लागेको बताउँदै अध्यक्ष गुरुङले पश्चिमाञ्चल होटल संघले देखाएको सहयोग र सदभावका लागि आभार व्यक्त गरे ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष भरत पराजुलीले पोखरा म्याराथन हामी सबैको गौरव गर्ने महत्वपूर्ण कार्यक्रम मध्येको एक रहेको बताउँदै खेलकुदले बाट पनि पोखराको पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने सन्देश दिन पनि पोखरा म्याराथनलाई सफल बनाउन सबैको सहयोग उत्तिकै रहेको कुरा औंल्याए । कार्यक्रममा पश्चिमाञ्चल होटल संघका प्रथम उपाध्यक्ष लक्ष्मण सुबेदी, महासचिब गणेशराज पाहारी, कोषाध्यक्ष पार्वती पाण्डे, मंचका संस्थापक अध्यक्ष खड्ग रानाभाट, महासचिब खेम गुरुङ, कार्य समिति सदस्य तिलक केसी लगायतले पोखरा म्याराथनको विविध पक्षका बारेमा धारणा राखेका थिए ।

You might also like

Comments are closed.