पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गणमा बृहत योग शिविर

पोखरा, १५ फागुन ।

नेपाल प्रहरीको पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गण पार्दीद्वारा आयोजित बृहत योग शिविर सुरु भएको छ । मंगलबार सुरु शिविर ५ दिनसम्म चल्ने गणका प्रमुख एस पि नवलप्रसाद उपाध्यायले जानकारी दिए । बिहान ५ बजेदेखि ८ बजे शिवर सञ्चालन हुनेछ ।

शिविरमा ३ सय ५० जना सहभागी रहेको उनले बताए । ‘केही स्थानीय सर्वसाधरणसहित प्रहरीहरु शिविरमा सहभागी छन्,’ उनले भने, ‘जनता र प्रहरीबीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले शिविर आयोजना गरिएको हो ।’ पतञ्जली योग पीठ नेपाल र पतञ्जली योग समिति नेपालले शिविरमा निःशुल्क प्रशिक्षण सहयोग गरिरहेका छन् ।

प्रमुख प्रशिक्षक खुमानन्द ज्ञवालीले शिविरमा योग प्रशिक्षण सिकाइरहेका छन् । योग शिविरमा सोमबारबाट सहभागी संख्या अझै बढ्ने एसपी उपाध्यायले जानकारी दिए । तनावबाट मुक्ति मिलाउन र शरिरलाई स्वस्थ राख्न पनि योग शिविरले सहयोग गर्ने उपाध्यायले बताए ।

You might also like

Comments are closed.