पश्चिम सेतीबाट चिनियाँ कम्पनी बिदा

काठमाडौं । लगानी बोर्डले ७५० मेगावटको पश्चिम सेती जलाशययुक्त जलविद्युत आयोजना विकासका लागि चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन सिटिआईसँग भएको समझदारी औपचारिक रुपमै खारेज गरेको छ । मंगलबार बसेको बोर्डले ३२ औँ बैठकले यस्तो निर्णय गरेको समाचार आजको नयाँ पत्रिकामा छ ।

२०६८ मा भएको सम्झौताअनुसार सात वर्षभित्र अर्थात आगामी चैत्रभित्र योजना सकिनुपर्ने थियो, तर साढे ६ वर्षसम्म काम नै सुरु नभई सम्झौता खारेज भएको छ ।

थ्री गर्जेजले पश्चिम सेती अघि बढाउन अनिच्छा देखाएपछि परियोजना विकासको उपयुक्त ढाँचा सिफारिस गर्न उर्जामन्त्री, अर्थमन्त्री र लगानी बोर्ड कार्यालयका प्रमुख कार्यकारी अधिकृत रहने गरी ३ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको लगानी बोर्डले जनाएको छ ।

You might also like

Comments are closed.