पस्र्याङ बगैंचा पार्क पुनःनिर्माण शुरु

पोखरा, २० माघ ।
पोखरा महानगरपालिका वडा नं. ५ पस्र्याङमा रहेको पस्र्याङ बगैंचा पार्कको पुनःनिर्माणको शिलान्यास भएको छ ।
पार्कको पुनःनिर्माणको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबाट शिलान्यास गर्दै स्थानीय सरकारले नागरिकका लागि स्वस्थ हावा र मनोरञ्जन एवं रमणीय वातावरणका लागि पार्क निर्माण गर्नु संवैधानिक अधिकार सुंरक्षित गर्नु भएको बताए ।

प्रदेश सभा सांसद राजीव पहारीले पस्र्याङ बगैंचा पार्कलाई व्यवस्थित बनाउन सहयोग गर्ने बताए । वातावरण विभाग केन्द्रीय महानिर्देशक झलकराम अधिकारीले प्राकृतिक सुन्दरताले विद्वान लेखक र नागरिकलाई सकारात्मक ज्ञान प्राप्तिमा सहयोग पु¥याउने हुनाले पार्क प्रकृतिमैत्री हुनु पर्ने बताए ।

पोखरा महानगरपालिकाका प्रवक्ता धन बहादुर नेपालीले प्रत्येक स्थानीय सरकारले एक खुला स्थान व्यवस्थित गर्ने योजना रहेको र पार्क निर्माणमा सबैलाई सहयोग पु¥याउन अपिल गरे ।  कार्यक्रममा पार्क संचालन समिति संयोजक अञ्जु केसी, निर्माण समिति अध्यक्ष शिव प्रसाद पराजुली र वडा नं. ६ का अध्यक्ष जगत पहारीले बोलेका थिए ।

सन् १९९३ देखि २०१८ सम्म लायन्स क्लवले चिल्डे«न पार्कका रुपमा प्रयोग गरेको सो पार्क झण्डै साढे आठ रोपनी क्षेत्रफलमा फैलिएको छ । कार्यक्रमको संचालन पार्क संचालन समिति सदस्य देवेन्द्र पराजुलीले गरेका थिए ।

You might also like

Comments are closed.