पहुँच नपुगेको गाँउमा स्वास्थ्य शिविर

श्रीकृष्ण सिग्देल
स्याङ्जा, १० चैत्र

लायन्स क्लव अफ पोखरा मिड टाउन र लायन्स क्लव अफ मेट्रो सिटि पोखराको संयुक्त आयोजना तथा पश्चिमाञ्चल सामुदायीक अस्पतालको प्राविधिक सहयोगमा एक दिने निशुल्कः स्वास्थ्य शिविर आयोजना गरिएको छ । स्वास्थ्यको पहुँच नपुगेको स्याङ्जाको वालिङ नगरपालिका १३ उदियाचौरमा लायन्स क्लवले एक दिने स्वास्थ्य शिविर आयोजना गरेको हो । ग्रामिण क्षेत्रमा रहेका हरेक नागरिक स्वास्थ्य रहनुपर्छ भन्ने मान्यताका साथ लायन्स क्लवले हरेक बर्ष हेल्थ शिविर संचालन गर्ने क्रममा वालिङ १३ छनोटमा परेको आयोजककोे भनाई छ ।

एक दिने स्वास्थ्य शिविरको उद्घाटन गर्दै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले ग्रामिण जनताको घर आँगनमा आएर निशुल्क स्वास्थ्य शिविर प्रदान गरेर लायन्स क्लवले प्रशंसनीय कार्य गरेको उल्लेख गरे । स्थानीयतहमा गएपछि वालिङ १३ वार्डमा एउटा पनि सरकारी स्वास्थ्य चौकी नभएकाले यो शिविरले यहाँका जनतालाई ठुलो राहत मिलेको नगर प्रमुख खाँणले बताए । केही क्लवहरु शहरमुखी भइरहेका बेला यि क्लवले ग्रामिण क्षेत्रमा शिविरको आयोजना गरि सबै खाले स्वास्थ्य परिक्षण गर्नु आफैमा गर्वको विषय बनेको छ, उनले भने ।

लायन्स क्लव अफ मेट्रो सिटि पोखराका अध्यक्ष विशाल गुरुङको अध्यक्षतामा भएको शिविरमा पुर्व सांसद मुक्ति पाठक, वालिङ १३ का वडा अध्यक्ष आनन्द पाठक, जोन चियरपर्सन कृष्णराज पोखरेल, लायन्स क्लव अफ पोखरा मिड टाउनका अध्यक्ष ठाकुर प्रसाद अधिकारी, प्रथम उपाध्यक्ष देवी तिमल्सेना, सचिव रविराज भु¥त्र्याल, लायन्स क्लव अफ मेट्रो सिटि पोखराका निवर्तमान अध्यक्ष आनन्द पौडेल, सहजकर्ता भिमप्रसाद न्यौपाने, शिविर संयोजक बुद्धिप्रसाद भण्डारी, सुसिल के.सी लगायतले बोलेका थिए । स्वास्थ्यको पहुँच नपुगेको ग्रामिण क्षेत्रमा स्वास्थ्य शिविरले जनता लाभान्वित हुने विश्वास आयोजकको छ । शिविरमा फिजिसियन, गाईनो, महिलाको पाठेघर सम्वन्धी, इसिजि, एक्सरे भिडियो, जनरल सेवा लगायतका स्वास्थ्य परिक्षणका साथै निशुल्क औषधी वितरण गरिएको छ । शिविरमा करिव ५ सय जनता प्रत्यक्ष लाभान्वित भएको र विरामीहरु स्वास्थ्य परिक्षणमा उत्साहका साथ आएको लायन्स क्लव डिष्ट्रिक ३२५ बि १ का मिडिया रिलेसन कमिटी मेम्वर सुरेन्द्र पौडेलले जानकारी दिए ।

घर आँगनमा आफ्नो स्वास्थ्य परिक्षण सहित औषधी निशुल्क पाएकोमा स्थानीयहरु खुशी भएका छन् । सामान्य रोगका लागि शहरी क्लिनिक र स्वास्थ्य संस्थामा पुग्नु पर्ने बाध्यतामा रहेका यहाँका जनतालाई यो शिविरले धेरै लाभ पु¥याएको सरोकारवालाहरुको भनाई छ ।

You might also like

Comments are closed.