पाँच वर्षभित्रै वैदेशिक रोजगारमा जानुपर्ने बाध्यताको अन्त्य हुन्छः मन्त्री विष्ट

आर्थिक आवाज
पोखरा, २६ पुस । श्रम तथा रोजगार कार्यालयको पोखरामा शुरु भएको छ । गण्डकी प्रदेशको पोखरामा स्थापना गरिएको कार्यालयको बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै मन्त्री विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत लाखौँ युवालाई रोजगार दिने लक्ष्य सरकारको रहेको बताए । पाँच वर्षभित्रै वैदेशिक रोजगारमा जानुपर्ने बाध्यताको अन्त्य हुने उनले बताए । नेपालको जनशक्तिलाई सदुपयोग गर्दै सरकार अगाडि बढ्ने बताउँदै उनले कृषिजन्य उद्योगको विकासका लागि मात्रै लाखौँ जनशक्ति चाहिएकाले विभिन्न क्षेत्रमा रोजगार सिर्जना गर्न सरकार प्रतिबद्ध भएर बताए । स्थापना भएको कार्यालयबाट वैदेशिक रोजगारमा जाने व्यक्तिलाई श्रम स्वीकृति प्रदान गरिनेछ ।

You might also like

Comments are closed.