पाँच सूत्र पूरा गरेमात्र समाजवाद आउँछ : पूर्व मन्त्री पाण्डे

पोखरा ।  पूर्व अर्थमन्त्री तथा नेकपा नेता डा.सुरेन्द्र पाण्डेले ५ सूत्र लागु भएमात्र समाजवाद आउने बताएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४० औं स्थापना दिवसको अवसरमा संगठनको गण्डकी प्रदेश कमिटीले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले समाजवादका लागि ५ सूत्र लागु हुनुपर्ने बताएका हुन् । समाजवादका लागि शिक्षा, स्वास्थ्य, जनता आवास, सामाजिक सुरक्षा र जमिनको स्वामित्वको बारेमा आमूल परिवर्तन गरिनुपर्नेमा जोड दिए ।

नीति (पोलिसी) परिवर्तन गर्ने वित्तिकै समाजवाद आउँछ–उनले भने,‘त्यसका लागि प्राविधिक शिक्षा दिएर रोजगारीको ज्ञारेन्टी गर्ने, उपचारका लागि स्वास्थ्य बीमा, घर नहुनेलाई जनता आवास, बृद्ध बृद्धा, अपाङ्ग, असक्त, असहायःलगायतलाई सामाजिक सुरक्षा भत्ता र जमिनको स्वामित्व तोडेर समान हैसियत बनाउनुपर्छ ।’

डा.पाण्डेले सरकारी विद्यालयलाई हेप्नुको कारण गुणस्तरहिन् पढाई भएको बताउँदै उनले अब सरकार विद्यालयप्रति आकर्षित गर्न प्राविधिक शिक्षा लागु गर्नुपर्ने बताए । अब शिक्षा नीति लागु गर्ने बेला भयो,‘उनले भने,‘सबै सरकारी विद्यालयलाई प्राविधिक विद्यालय बनाऔं, त्यसमा अध्ययन गरेपछि रोजगारी पाउने ज्ञारेन्टी हुन्छ, त्यसपछि स्वतः विद्यार्थीको आकर्षण बढ्छ ।’

डा.पाण्डेले जमिनलाई उपयोगको आधारमा वर्गिकरण गर्नुपर्ने बताए । कृषि जमिन, औद्योगिक जमिन, आवासीय जमिन, पर्यटकीय जमिनलगायतका रुपमा जमिनको वर्गिकरण गर्नुपर्ने उनले बताए । त्यसरी जमिनको वर्गिकरण भएपछि कृषि जमिनलाई ट्याक्स फ्रि गरेर कृषिप्रति आकर्षित गर्नुपर्ने उनको भनाई छ ।

डा. पाण्डेले सोंच नबद्लिएसम्म समृद्धी नआउने ठोकुवा गरे । कुनै स्वदेशी वा बिदेशीले लगानी गर्न आँट्यो भने उसले भविष्यमा कति कमाउँछ भनेर हिसाबकिताब गर्ने अनि त्योसँग शुरुमै नाफाको प्रतिशत माग्ने, नभए धम्क्याउने कार्य हुने गरेको भन्दै उनले यो नसच्चिएसम्म समृद्धि नआउने बतएका हुन् । साथै उनले काम र श्रमको सम्मान गर्ने वातावरणपनि बनाउन जरुरी रहेको बताए ।

You might also like

Comments are closed.