पाउँदुरकोट क्लवद्वारा फुटबल प्रतियोगिता

श्रीभद्र पौडेल
हेमजा, १८ पुस ।
अन्नपूर्ण गाउँपालिका ३ स्थित पाउँदुरकोट युवा क्लवको आयोजनामा यहि पुस २७ गतेदेखि माघ १ गतेसम्म फुटबल प्रतियोगिता हुने भएको छ ।

सार्वजनिक शौचालय निर्माणार्थ क्लवले छैठौं खुल्ला सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता आयोजना गरेको हो ।
अन्नपूर्ण २ स्थित माछापुच्छे« माविको खेल मैदानमा हुने उक्त प्रतियोगिताको तयारी तीब्र पारिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा ३० टिमले सहभागिता जनाउने क्लवका अध्यक्ष ईश्वर शर्माले बताए ।

प्रतियोगितमा प्रथम हुने समूहले रु.७५ हजार, द्वितीय समूहले रु. ४५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने बताइएको छ ।त्यस्तै अन्नपूर्ण गाउँपालिका भित्रको सर्वोत्कृष्ठ खेलाडीलाई रु. पाँच हजार ट्रफी, मेडल र प्रमाणपत्र, प्रतियोगिता सर्वोत्कृष्ठ र सर्वाधिक गोलकर्तालाई ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार रहेको खेल संयोजक नविन गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.