पाचौँ जननी तिज विशेष कार्यक्रम एवं क्यान्सरविरुद्ध बृहत सचेतना तथा परिक्षण कार्यक्रम सम्पन्न

जुनकुनै रोगले जो कोहीलाई आक्रमण गर्न सक्ने हुँदा बेलैमा सचेत हुनुपर्छ : प्रदेश प्रमुख कुँवर

पोखरा, २४ भदौ

“आर्थिक समृद्धिका लागि उद्य्मशीलतासंगै क्यान्सर सचेतना” भन्ने मुल नाराका साथ रेडियो जननी ९०.६ द्धारा आयोजित पाचौँ जननी तिज विशेष कार्यक्रम एवं क्यान्सर विरुद्धको बृहत सचेतना एवं परिक्षण कार्यक्रम २०७५ शनिबार भव्यताका साथ सम्पन्न भएको छ । विगतका वर्षहरुमा “जननी तिज विशेष हस्तकला व्यापार मेला” सफलतापुर्वक सम्पन्न गरेकोमा यो वर्ष भने रेडियो जननीले मानव स्वास्थ्यसंग केन्द्रित रहेर बृहत क्यान्सर सचेतना कार्यक्रमको आयोजना गरेको होे ।

यसैबीच कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अथिती गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले तीजको अत्यन्तै गौरवपुर्ण अवसरमा क्यान्सर जस्तो रोगबारे सचेतना प्रदान गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रमको प्रंशसा गरे । मानिसको जिवनमा धेरै खतरा नै खतरा रहेको भन्दै मनमा धेरै बेथा, पीडा, भय, डर र डिप्प्रेस्ड व्यक्तिहरुको लागि जननीले आयोजना गरेको कार्यक्रम निकै प्रभावकारी रहेको उनको भनाई थियो । ‘कुनै पनि रोगले जाति, रङ, उचनिच, धनी गरिब भन्दैन, रोगले जसलाई पनि आक्रमण गर्न सक्ने भएकोले बेलैमा सचेत हुनुपर्छ उनले थपे । क्यान्सर रोग भन्ने बित्तिकै तर्सिने मानिसहरुलाई उक्त रोगबारे सचेतना प्रदान गर्न रेडियो जननीले सो कार्यक्रमको आयोजना गरेकोमा समेत उनले बधाई ज्ञापन गरे ।

त्यस्तै कार्यक्रममा बौल्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जि.सीले भयानक रोगलाई न्युनिकरण गर्ने उद्देश्यका साथ रेडियो जननीले आयोजना गरेको कार्यक्रमप्रति महानगरको पनि साथ रहेको बताए । उद्य्मशीलहरुको शहर पोखरामा महिलाको आर्थिक विकास कसरी गर्ने, उद्य्मशीलता सम्बन्धि अभियान कसरी प्रभावकारी बनाउने, महिलाहरुलाई आत्मनिर्भर कसरी बनाउने भन्नेबारे महानगरले पनि सोच बनाएको उहाँले बताए । यो तीजमा रेडियो जननीले आयोजना गरेको कार्यक्रमले नगरबासी महिलाहरुलाई उत्साही बनाउनेमा आफु विश्वस्त रहेको बताउँदै जननीको कार्यक्रम मार्फत मात्र नभई स्वास्थ्य परिक्षण नियमित ढंगले गर्नुुपर्छ भन्ने सन्देश जान सकोस भन्ने कामना गरे ।

रेडियो जननीले वर्षेनी विभिन्न रचनात्मक कार्य गर्दै आएकोप्रति प्रशंसा व्यक्त गर्दै राष्ट्रियसभा सदस्य बिन्दा रानाले तीजको आगमनसंगै खानपिनमा ध्यान दिनुपर्ने भन्दै आफ्नो स्वास्थ्यप्रति सचेत हुन अनुरोध गरिन् । यसका साथै उहाँले दिनप्रतिदिन महिला हिंसाहरु बढ्दै गइरहेको भन्दै महिला हिसां जस्ता जघन्य अपराधको न्युनिकरणका लागि सम्पुर्णमा महिला कुनै बस्तु नभई सहपाठी हो भन्ने भावनाको विकास गर्नुपर्नेमा जोड दिदै महिला हिंसा रोक्नका लागि सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिईन् ।

त्यस्तै पुर्व सभासद एवं नेपाली कंग्रेसका नेत्री शारदा पौडेलले तीजको अवसरमा यस्ता रचनात्मक कार्य गरेर जनमानसमा क्यान्सर सम्बन्धि सचेतना जगाउने काम रेडियो जननीले गरेको भन्दै आगामी दिनमा पनि यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरिन् ।

यसैबीच कार्यक्रमका विषेश वक्ता एवं वरिष्ठ डा. तथा क्यान्सर सम्बन्धि रोगका विषेशज्ञ राजेन्द्र प्रसाद बरालले जननीको माध्यमबाट गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना गरिएको एक उत्कृष्ट कार्यक्रममा सहभागि हुन पाउँदा गर्व लागेको बताए । विषेशगरि उनले क्यान्सर रोगबारे आफ्नो प्रस्तुतीका साथै उक्त रोगबारे जानकारी गराएका थिए । नेपाली समाजमा अझै पनि क्यान्सर रोगबारे भ्रम रहेको भन्दै उनले क्यान्सर रोगबारे बुझ्न जरुरी रहेको बताए । हामी जन्मिदा साना थियौँ, कोषिकाहरुको बृद्धि हुँदै गयो, हामी ठुला हुन्छौँ के कारण यसबारे नसोची ती कोषिकाहरु अनियन्त्रित रुपमा बृद्धि हुदैँ गए र त्यसलाई नियन्त्रण गर्न नसक्नु नै क्यान्सर हो, त्यसैले क्यान्सर टाउकोदेखि खुट्टासम्म जहाँपनि लाग्न सक्ने उनले बताए । क्यान्सर सर्ने रोग नभएको भन्दै र यसको किटाणु नभएको पनि उनले खुलस्त पार्नुका साथै यसबाट जोगिनका लागि शरिरको तौल बढ्न नदिने, विभिन्न प्रकारका पौष्टिक आहार विहार खाने, शारिरीक व्याम गर्नुपर्ने लगायतका उनको सुझाव थियो ।

कार्यक्रममा बोल्दै रेडियोका अध्यक्ष मिलन थापाले पछिल्लो समय मानिसहरुमा क्यान्सर रोगबारे सचेतना नभएका कारण महिला तथा पुरुषहरुको स्वास्थ्य जोखिममा पर्दै गएको हुँदा स्वास्थ्य सम्बन्धि सन्देश प्रवाह गर्ने र संगसंगै उद्य्मशीलताको समेत प्रवद्र्धन गर्ने उद्देश्यका साथ यसपटक सचेता कार्यक्रम गरिएको र यो अत्यन्तै सफल भएको बताईन् ।

कार्यक्रम संयोजक एवं रेडियोका सल्लाहकार लक्की कार्किले हाम्रो समाजमा महिलाहरुले आफ्नो स्वास्थ्यलाई प्राथमिकतामा राख्ने परिपाटि कम भएको हुँदा समय समयमा स्वास्थ्य परिक्षण गराउँनुपर्दछ भन्ने सन्देश पनि यस कार्यक्रमबाट दिन सकेको बताईन् । कार्यक्रम सफल पार्नका लागि सहयोग गर्नुहुने सम्पूर्ण प्रति आभार ब्यक्त गर्दे स्वस्थ्य समाज निर्माण गर्ने दायित्व सबैले निर्वाह गर्नुपर्ने बताईन् ।

सबैभन्दा मुख्य कुरा नै स्वास्थ्य भएकाले जबसम्म हामी स्वास्थ्य रहदैनौ तबसम्म हामीले केही पनि गर्न नसक्ने हुँदा पहिला आफुलाई स्वास्थ्य राख्नुपर्छ भन्ने सचेतना जगाउनका निम्ति आयोजना कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरेको जननीका संस्थापक अध्यक्ष हिरा भट्टराइले बताईन् । रेडियो जननीले समाज समृद्ध बनाउनका लागि भिन्न काम गर्दै आएकोमा यो वर्ष भने स्वास्थ्य समाज निर्माणका लागि क्यान्सरविरुद्ध बृहत सचेतना एवं परिक्षण कार्यक्रम गरेको रेडियो जननीका प्रबन्ध निर्देशक सविता शेरचनले बताईन् ।

रेडियोका स्टेशन म्यानेजर एवं कार्यक्रम ब्यबस्थापन समिति संयोजक बिमला भण्डारीले यस्ता अभियानलाई संचार माध्यमले प्राथमिकतामा राख्न सके लक्षित समूहमा सजिलै सचेतना पुग्ने भएकाले “स्वास्थ्य नै धन हो” भन्ने सन्देश सहित पोखरा सभागृहमा भएको उक्त कार्यक्रममा निःशुल्क स्तन क्यान्सर परिक्षण, भिआइए परिक्षण, क्यान्सर सम्बन्धि वाकाथन (¥याली) कार्यक्रम, तिज विशेष सांगीतिक कार्यक्रम गरिएको थियो । वाकाथन कार्यक्रम पोखरा चिप्लेढुंगा (मानवअधिकार चोक) बाट सुरु भई पोखरा सभागृहमा आई बृहत कार्यक्रममा परिणत भएको थियो ।
कार्यक्रम सम्पन्न गर्नका लागि रेडियोका सल्लाहकार एवं जननी तिज विशेष कार्यक्रमका संयोजक तथा सल्लाहकार लक्की कार्कीको संयोजकत्वमा विभिन्न उपसमितहरु समेत गठन गरिएको थियो ।

पोखरा महानगरपालिकाको मुख्य सहयोग रहेको उक्त कार्यक्रमलाई जावेद हविव सैलुन एण्ड एकेडेमीले मुख्य प्रायोजन गरेको थियो भने प्रायोजकको रुपमा रेडबुल रहेको थियो । सोहि कार्यक्रममा नेपाल अर्बुद्ध रोग निवारण संस्था कास्की, नेपाल पर्यटन बोर्ड, लायन्स क्लब अफ पोखरा सती गण्डकी, क्रिस्टल मन्टेस्वरी, एस आर केसी क्याटरीङ्ग, एन आईसी एशिया बैङक, एल आईसी, पोखरा क्यान्सर केयर सेन्टर लगायतका संस्थाहरुको सहयोग रहेको थियो ।

बरिष्ठ डा. राजेन्द्र प्रसाद बराल, डा. निरज दुवे, डा. गिरधारी शर्मा, डा. गोमा तुलाचन, डा. सुजिता हिराचन, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका नर्सिङ अधिकृत कविता पौडेल, फिस्टेल नर्सिगं कलेजका प्राचार्य जिता बराल सहितको बिशेषज्ञहरुको टिमले स्वास्थ्य परिक्षण गरेको थियो । उक्त कार्यक्रममा दुईसय पचास भन्दा बढिले सेवा लिएका थिए भने सचेतना कार्यक्रममा बृहत सहभागिता रहेको थियो ।

सो कार्यक्रममा क्यान्सर क्षेत्रमा रहेर सचेतना फैलाउने क्यान्सर अभियन्ता सरस्वती दाहाल अधिकारी( सरु) र क्यान्सर क्षेत्रमा क्रियाशिल व्यक्तित्व वुद्धिमाया गुरुङलाई क्यान्सर विजेता सम्मान गरिएको थियो । सोही अवसरमा प्रभात फेरी ¥यालीमा सहभागी मध्ये प्रथम पद्म नर्सिङ होम स्कूल अफ नर्सिङ, द्धितिय फिस्टेल नर्सिङ होम र तृतीय थ्रि सिस्टर भएका थिए ।
उक्त कार्यक्रममा स्वास्थ्य सचेतना सम्बन्धी विभिन्न स्टलहरु समेत राखिएको थियो ।

You might also like

Comments are closed.