पाचौँ जननी तिज विशेष कार्यक्रम एवं क्यान्सरविरुद्ध बृहत ऐक्यवद्धता कार्यक्रम भदौ २३ गते

भदौ, १८ पोखरा ।

“आर्थिक समृद्धिका लागि उद्य्मशीलतासंगै क्यान्सर सचेतना” भन्ने मुल नाराका साथ रेडियो जननी ९०.६ को आयोजनामा पाचौँ जननी तिज विशेष कार्यक्रम एवं क्यान्सरविरुद्ध बृहत सचेतना एवं परिक्षण कार्यक्रम २०७५ यही भदौ २३ गते हुने भएको छ ।

विगतका वर्षहरुमा “जननी तिज विशेष हस्तकला व्यापार मेला” सफलता पुर्वक सम्पन्न गरेकोमा यो वर्ष भने रेडियो जननीले मानव स्वास्थ्यसंग केन्द्रित रहेर बृहत क्यान्सर सचेतना कार्यक्रम गर्न लागेको हो ।

मानिसहरुमा क्यान्सर रोगबारे सचेतना नभएका कारण महिला तथा पुरुषहरुको स्वास्थ्य जोखिममा पर्दै गएको हुँदा स्वास्थ्यसम्बन्धि सन्देश प्रवाह गर्ने र संगसंगै उद्यमशीलताको समेत प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गर्न लागिएको रेडियो जननीका अध्यक्ष मिलन थापाले जानकारी दिईन् ।

“स्वास्थ्य नै धन हो” भन्ने सन्देश दिने उद्देश्यले पोखरा सभागृहमा हुन गइरहेको उक्त कार्यक्रममा निःशुल्क स्तन क्यान्सर परिक्षण, भिआइए परिक्षण, क्यानसर जनचेतना केन्द्रित बक्ता बरिष्ठ कलाकार मनिषा कोईरालाको प्रस्तुतीकरण, क्यान्सर सम्बन्धि वाकाथन (¥याली) कार्यक्रम, तिज विशेष सांगीतिक कार्यक्रम साथै स्वास्थ्य आहार बिहार सम्बन्धि सामाग्री विक्रि एवं प्रदर्शनी कार्यक्रम रहेको जननी तिज विशेष कार्यक्रमका संयोजक तथा सल्लाहकार लक्की कार्कीले जानकारी दिईन् ।

रेडियो जननीका प्रबन्ध निर्देशक सविता शेरचनले रेडियो जननीले समाज समृद्ध बनाउनका लागि भिन्न काम गर्दै आएकोमा अब भने स्वास्थ्य समाज निर्माणका लागि सचेतना कार्यक्रम गर्न लागेको बताईन् । यस्ता किसिमका सचेतना कार्यक्रमले समाजमा मानव स्वास्थ्य, स्वास्थ्य जिवन शैलीलगायतका बारेमा सहि सन्देश दिने र मानिसहरुमा स्वास्थय सम्बन्धि चेतना अभिवृद्धि गर्न मद्दत पुग्ने उनको भनाई छ ।
वाकाथन कार्यक्रम भदौ २३ गते शनिबार बिहान ८ बजे पोखरा चिप्लेढुंगा (मानवअधिकार चोक)बाट सुरु भई पोखरा सभागृहमा आई बृहत कार्यक्रमा परिणत हुने रेडियोका स्टेशन म्यानेजर एवं कार्यक्रम ब्यबस्थापन समिति संयोजक विमला भण्डारीले जानकारी दिईन । क्यान्सर सम्बन्धि वाकाथन कार्यक्रम (¥याली)मा सहभागि युवा, महिला तथा आमा समुहलाई उत्कृष्ट पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो । यसका साथै उक्त क्यान्सर सचेतना कार्यक्रममा बिपि कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, काठमाण्डौ लगायतका बरिष्ठ बिशेषज्ञहरुले क्यान्सर परिक्षण गर्ने उनले बताईन् ।

 

कार्यक्रम सम्पन्न गर्नका लागि रेडियोका सल्लाहकार एवं जननी तिज विशेष कार्यक्रमका संयोजक तथा सल्लाहकार लक्की कार्कीको संयोजकत्वमा विभिन्न उपसमितहरु समेत गठन गरिएको छ । जसअन्तर्गत कार्यक्रम व्यवस्थापन सहसंयोजकमा रेडियोका प्रवद्र्धक संयोजक देवकुमारी हिराचन, अर्थ संयोजकमा रेडियोका प्रबन्ध निर्देशक सविता शेरचन, वक्ता छनौट संयोजकमा रेडियोका अध्यक्ष मिलन थापा, सम्मान व्यवस्थापन समिति संयोजकमा रेडियोका संस्थापक अध्यक्ष एवं संरक्षक हिरा भट्टराई, मञ्च व्यवस्थापन संयोजकमा रेडियोका सचिव हसिना बस्नेत, अतिथि सत्कार संयोजकमा रेडियोका सञ्चालक रामकली खड्का, समुह परिचालन व्यवस्थापन संयोजकमा निर्मला भण्डारी, जलपान व्यवस्थापन संयोजकमा रेडियोका जनसम्पर्क संयोजक स्वस्ती भट्टराई र शिविर व्यवस्थाप संयोजकमा रेडियोका सञ्चालक लक्ष्मी मल्ल रहेका छन् ।

पोखरा महानगरपालिका र जिल्ला समन्वय समितिको सहयोग र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहने छ ।

You might also like

Comments are closed.