पाचौं संस्करणको मिस गण्डकीलाई हिरोको साथ

 

पोखरा, १ असोज

पोखरामा जारी सौन्दर्य प्रतियोगिता अन्तर्गत मिस गण्डकीको पाचौं संस्करणलाई हिरो ड्युट स्कुटरको साथ मिलेको छ । यससँगै एस.टी क्रियशनको आयोजनामा भईरहको उक्त सौन्दर्य प्रतियोगिताको विजेताले चाँदीको क्राउन सहित अब हिरोको ड्युट स्कुटर र अष्ट्रेलिया भ्रमण पनि प्राप्त गर्ने भएका छन् ।

यहि असोज १२ गते शुक्रबारको दिन तारे होटल पोखरा ग्रान्डमा विविध साँगीतिक कार्यक्रमको साथमा प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हुदैछ । जसमा १५ जना प्रतियोगीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । विभिन्न राउण्ड पार गर्दै उनिहरु फाईनलका लागि छनोट भएका हुन् ।

त्यस्तै, विजेता अलवा फस्ट रनर अपले सत्तरी हजार रुपैयाँ बराबरको आकर्षक पुरस्कार, सेकेण्ड रनर अपले पचास हजार रुपैयाँ बराबरको आकर्षक पुरस्कार र थर्ड रनर अपले बीस हजार रुपैयाँ बराबरको आर्कशक पुरस्कारको साथै क्राउन, अवार्ड, ट्रफी र प्रमाण पत्र पाउने आयोजक संस्था एस.टी क्रियशनका प्रबन्ध निर्देशक सुरज थापाले बताए ।

यस्तै, अन्य उप–विद्यामा पनि विभिन्न किसिमका गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजक संस्थाकी कार्यक्रम संयोजक इनिशा दुराले जानकारी गराईन् ।

कार्यक्रमका कोरियोग्राफर समेत रहेका थापाले मिस गण्डकी सिजन ५ को विषेश कक्षा र कोरियोग्राफीका लागि मिस नेपाल वल्र्ड २००५ की विजेता सुगारिका केसी आउने बताए । पोखराको सौन्दर्य प्रतियोगिताले अब देशकै प्रतिनिधत्व गनुपर्ने उनको भनाई थियो ।

यसअघि, प्रशिक्षण अवधिभरमा सौन्दर्य क्षेत्रका नेपालका अनुभवी चर्चित वरिष्ठ कोरियोग्राफर एवम कलाकार प्रशान्त ताम्राकार, कलाकार अनुपबिक्रम शाही, अग्रज अभिनेता सरोज खनाल, चर्चित अभिनेता प्रदिप खड्का लगायत पोखरा र काठमाडौंका विभिन्न क्षेत्रका दखल प्राप्त अनुभवी व्यत्तित्वहरुबाट विद्यागत प्रशिक्षण गराईएको आयोजक संस्थाले जनाएको छ ।

ब्लुस्काई एजुकेशनको प्रस्तुती रहेको पाचौं संस्करणको मिस गण्डकीलाई सफल पार्न हिरो ड्युट स्कुटर (सह प्रायोजक) र पार्वडबाईमा दि मुग्लान रेष्टुरेन्ट एण्ड बारले साथ दिएको छ । त्यस्तै प्रायोजकहरुमा अनमोल कार डेकोर, मोबाईल हब पोखरा, परिचय एड्भटाईजिङ्ग, गुरुङ ब्युटी पार्लर एण्ड एकेडेमी, हिमाअज एजुकेशन कन्सल्टेन्सी, होटल पोखरा ग्राण्ड, भुपु सैनिक सुनचाँदी पसल, डाँफे होटल प्रा.लि., आईएफ सी फेशन कलेज, रेशम स्टोर, स्टेशन गैह्रापाटन, कुटुम्ब क्याफे, मिडटाउन सिनेमाज, प्रोमोटर्श नेपाल, लक्की हर्बल ब्युटी पार्लर, मेगा प्रोजेक्शन, आदी रहेका छन् ।

You might also like

Comments are closed.