पाचौं संस्करण मिस गण्डकीको अडिसन राउण्डबाट २० जना छनोट

पोखरा, ६ साउन ।

पोखरामा आयोजित पाचौं संस्करणको मिस गण्डकीको अडिसन राउण्डबाट २० जना प्रतिस्पर्धी छनोट भएका छन् । ब्ल्यु स्काई एजुकेशन एण्ड स्टुडेन्ट कन्सेल्टेन्सी सर्भिसको प्रस्तुतिमा गरिएको कार्यक्रममा २८ जना युवतीहरुको सहभागिता थियो ।

युवतीको सुन्दरता सँगसँगै उनिहरुको आन्तरिक प्रतिभा, क्षमताको आधारमा छनोट गरिएको आयोजक संस्था एसटि क्रियशनका प्रबन्ध निर्देशक सुरज थापाले बताए । छनोट भएका प्रतियोगीहरुलाई बुधबारदेखि प्रशिक्षण गराईने छ, उनले भने ।

शनिबार भएको अडिसनमा फेसन डिजाईनर नविन पाख्रिन, फोटोग्राफर सुरज श्रेष्ठ, तेस्रो संस्करण मिस गण्डकीकी विजेता ज्योती राई ,चौथो संस्करणको मिस गण्डकीकी विजेता रितीका गुरुङ र उपविजेता जेस्मिन गुरुङको निर्णयमा उक्त प्रतिस्पर्धीलाई छनोट गरिएको हो


तेस्रो संस्करणको मिस गण्डकी की विजेता ज्योती राईले आफुले टाईटल जितेपछि समाजमा हेर्ने दृष्टिमै फरकपन आएको र आफुमा आत्मविश्वास पनि बढ्दै गएको बताईन् । मिस गण्डकी कार्यक्रमले निरन्तरता दिईरहेको बताउदै चौथो संस्करण मिस गण्डकीकी विजेता रितीका गुरुङले आफुलाई उक्त कार्यक्रममा विश्वास लागेको बताईन् । मिस गण्डकी चौथो संस्करणकी उपविजेता जेस्मिन गुरुङले यस्तो कार्यक्रमले युवतीहरुको मनोबल बढाउने हुदाँ सहभागी हुनुपर्नेमा जोड दिईन् ।

छनोट भएका प्रतियोगीलाई गण्डकी प्रदेशकै कुनै रमणीय पर्यटकीय स्थलमा फोटोसुटका साथै भिडियो प्रोमो सुटका लागि लगिने आयोजकले जनाएको छ । यस्तै, प्रतियोगीताको कोरियोग्राफी मिस नेपाल वल्ड २००५ सुगारीका केसी र सुरज थापाले गर्दैछन् ।

You might also like

Comments are closed.