‘ग्लोबल आइटीमा पारिवारिक वातावरणमा कम्प्युटर सिकाउँछौं’

विकास भुर्तेल
प्रवन्ध निर्देशक, ग्लोबल आइटी एजुकेसन

बिगत १२ वर्षदेखि कम्प्युटर शिक्षा क्षेत्रमा आबद्ध युवा व्यवसायी विकास भुर्तेलले यही वर्षदेखि पोखराको अमरसिंहचोकमा ग्लोबल आइटी एजुकेशन सञ्चालनमा ल्याएका छन् । कम्प्युटर शिक्षा प्रदान गर्ने प्रमुख लक्ष्यसहित सञ्चालित ग्लोबल आइटीका विशेषता लगायत विविध विषयमा केन्द्रित रहेर प्रवन्ध निर्देशक विकास भुर्तेलसँग आर्थिक आवाजले गरेको कुराकानीः

आफ्नो कार्य क्षेत्र सूचना प्रबिधि नै किन रोज्नु भयो ?
मलाई सानैदेखि सूचना तथा प्रविधिको क्षेत्रमा रुची थियो । कलेज अध्ययन सुरु भएसँगै केही न केही काम गर्नुपर्छ भन्ने सोच पनि थियो । सानै उमेरमा केही गर्ने सोच र सूचना प्रविधिको क्षेत्रमा रुची भएकाले नै १२ वर्ष अगाडि नै यही व्यवसायमा आबद्ध भएँ । जुन व्यवसायलाई मैले समय अनुसार परिमार्जन र व्यवस्थित गर्दै अहिलेसम्मको अवस्थामा आइपुगेको छ ।

ग्लोबल आइटी एजुकेशन स्थापनाको मुख्य उद्देश्य के हो ?
आफ्नो व्यवसायलाई समयको माग अनुसार स्तरउन्नति गर्नुपर्छ भन्ने मेरो मान्यता छ । म यस अगाडि १२ वर्षसम्म कम्प्युटर शिक्षा तथा सूचना प्रविधि व्यवसायसँग आबद्ध रहेँ । लामो समयको मेरो अनुभवलाई थप परिस्कृत र परिमार्जित गर्दै ग्लोबल आइटीको स्थापना गर्न सफल भएँ । पोखराको अमरसिंहचोक क्षेत्रमा एउटा स्तरीय कम्प्युटर शिक्षा प्रदायक संस्था आवश्यक रहेको महसुस भयो । यहाँका विद्यार्थी तथा अभिभावकको आग्रह र आवश्यकता अनुसार नै ग्लोबल आइटी अमरसिंहचोकमा सञ्चालनमा आएको हो ।

लामो समयदेखि सूचना प्रविधिको क्षेत्रमा लाग्नु भएको छ, के–के उपलब्धि भएको छ ?
लामो समयको अनुभवले मलाई यही क्षेत्रमा केही गर्नका लागि प्रेरणा प्राप्त भएको छ । लामो अनुभवले नै विद्यार्थीको चाहना अनुसारको कम्प्युटर कोर्ष सञ्चालन गर्न सकेका छौं । त्यसैले ग्लोबल आइटीको कम्प्युटर ल्याबमा ल्यापटपका माध्यमबाट कक्षा सञ्चालन हुन्छ । अन्य कक्षाहरु पनि व्यवस्थित र आधुनिक खालका छन् । म १२ वर्ष भयो यस क्षेत्रमा लागेको । यस अबधिमा धेरै विद्यार्थीहरुलाई दक्ष बनाउन योगदान पुगेको महसुस गरेको छु । कम्प्युटर शिक्षा हरेक क्षेत्रमा अनिवार्य छ । रोजगारी प्रवद्र्धनमा पनि हामीले भूमिका खेलेका छौं ।

कम्प्युटर शिक्षाका लागि ग्लोबल आइटी एजुकेशन किन ?
मैले अगाडि पनि भनिसकेँ विशेष गरी यहाँका विद्यार्थी तथा अभिभावकको मागले नै ग्लोबल आइटी अमरसिंहचोकमा स्थापना भएको हो । यस क्षेत्रका विद्यार्थीलाई स्तरीय कम्प्युटर शिक्षा प्रदान गर्र्नका लागि हामीले ग्लोबल आइटी सञ्चालनमा ल्याएका हौं । जुन उद्देश्यमा हामी सफल पनि भएका छौं । स्थापनाको पहिलो वर्ष नै अहिले एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुको आकर्षक गन्तव्य ग्लोबल आइटी बनेको छ । हामीले पारिवारिक वातावरणमा विद्यार्थीलाई पढाउँछौं । प्राक्टिकल ज्ञानलाई हामीले प्राथमिकता दिन्छौं । कम्प्युटर ल्याबमा ल्यापटप प्रयोग गरिएको छ । सैद्धान्द्धिक कक्षा पनि व्यवस्थित तरिकाबाट सञ्चालन गर्छौं । दक्ष एवं अनुभवी प्रशिक्षकबाट हामी पढाउँछौं ।

You might also like

Comments are closed.