पार्टीलाई धर्मको विवादमा फसाउन उचित हुन्न ः वरिष्ठ नेता पौडेल

पुस ९,तनहुँ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई धर्मको विवादमा फसाउन उचित नहुने बताएका छन् । तनहुँको दमौलीमा आइतबार रिपोटर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले राजनीतिलाई धर्मसँग जोड्ेर विवाद गर्नु उचित नहुने धारणा राखेका हुन् । “नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीतीक मुलुक हो र नेपाली कांग्रेस सबै जनताको प्रतिनिधि हो, यसले एउटा पक्षलाई मात्र समेटेर पार्टी चल्न सक्दैन उनले भने” ।

साथै पौडेलले महासमिति बैठकबाट पारित विधान विश्वकै राजनीतिक दलको विधान मध्येमा उत्कृष्ट बनेको दाबी गरेका छन् । अब नेपाली कांग्रेस भित्र कसैको ‘जि हजुरी’ नचल्ने भन्दै जसले राम्रो काम गर्न सक्छ ,देश र जनताका लागी योगदान गर्न सक्छ त्यसले नै पार्टीको नेतृत्व लिने उनले बताए ।

पार्टीमा नातावाद र कृपावादको अन्त्य भएको चर्चा गर्दै पौडेलले क्षममवान व्यक्ति मात्र पार्टीमा अघि बढ्न सक्ने बताए । बैठकबाट सबै वर्ग समेटिएको अत्यन्त लोकतान्त्रिक र समावेशी विधान बनाउन सफल भएको पौडेलले दावि गरे ।

महासमिति बैठकले काँग्रेसलाई नयाँ उर्जा थपेको र पार्टी भित्रका कमीकमजोरी चिरफार गरी पार्टीलाई सुधार्ने दिशामा बढाउन महत्वपुर्ण योगदान पु¥याएको उनको भनाइ छ ।

You might also like

Comments are closed.