पालुवा र सुरक्षा सहकारीको एकीकृत कारोबार

पोखरा, ३ माघ । पालुवा बहुउद्देश्यीय सहकारी संस्था र सुरक्षा बचत तथा ऋण सहकारी संस्थाबीच एकीकृत कारोबार हुने भएको छ । बिहीबारबाट दुवै सहकारीले एकीकृत कारोबार शुरु गर्ने पालुवाका अध्यक्ष टुल्कनाथ आचार्यले जानकारी दिए । एकीकृत सहकारीको नाम सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहनेछ ।

सहकारी संस्थालाई थप बलियो र विश्वसनीय बनाउन एकीकरण गरिएको साविक सुरक्षाका अध्यक्ष शिवदत्त तिवारीले बताए । दुईवटा सहकारीबीच एकीकरण भएपछि चुक्ता पुँजी ६ करोड ६२ लाख २५ हजार रुपैयाँ पुदैछ । ४१ करोड रुपैयाँ निक्षेप र कर्जा लगानी ४३ करोड रुपैयाँ पुगेको आचार्यले जानकारी दिए । शेयर सदस्य संख्या १ हजार ९ सय १ जना पुगेको छ । कर्मचारी संख्या २० जना पुगेको छ ।

पोखरा ३३ मा प्रधान कार्यालय रहेको उक्त सहकारीको सेवाकेन्द्रहरु न्युरोड पोखरा, भण्डारढिक लेखनाथ, पोखरा ३३ लामगादी र पुँडीमा छ । यस अगाडि गरिमा बचत तथा ऋण सहकारी संस्था र पालुवा बचत तथा ऋण सहकारी संस्था एकीकरण भएका थिए ।

You might also like

Comments are closed.