पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थामा श्रेष्ठ

पोखरा । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि.को शनिबार भएको प्रारम्भिक साधारणसभाले चिरञ्जीवी श्रेष्ठको अध्यक्षतामा संचालक समिति सर्वसम्मत चयन गरेको छ । श्रेष्ठ पाल्पाली समाज पोखराका पूर्व अध्यक्ष एवं सल्लाहकार हुन् ।

समितिको नि.अध्यक्षमा कुलप्रसाद घिमिरे, उपाध्यक्ष बाबुराम खनाल, सचिव रेशम रचक, कोषाध्यक्ष उमा सापकोटा, सहसचिव यूमाया पचभैया र सहकोषाध्यक्ष रेणुका बज्राचार्य छन् । सदस्यमा बालचन्द्र परियार, गीतादेवी शर्मा, गिरीराज पोखरेल र पदमप्रसाद पोखरेल चयन भए ।

ऋण उपसमिति संयोजक नारायणप्रसाद पौडेल, सदस्यमा सुनिल अर्याल र केशव नेपाल रहेको निर्वाचन समिति संयोजक जगदीश गौतमले जानकारी दिए । कार्यकाल ४ वर्षको हुनेछ । साधारणसभाको उद्घाटन प्रमुख अतिथि पोखरा महानगरपालिकाका सहकारी विभाग समिति अध्यक्ष तेजनारायण अधिकारीले गरेका थिए ।

कार्यक्रममा पोखरा ११ का अध्यक्ष मोहनकुमार बास्तोला, सहकारी तदर्थ समिति अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, समाजका सल्लाहकार जनपुकार मुनकर्मी, ताराप्रसाद पोखरेल, धादिङ–पोखरा सम्पर्क समाज अध्यक्ष कृष्ण लम्साल, गीतादेवी शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पाल्पाली समाज पोखराका अध्यक्ष कुलप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव श्रीधर पराजुलीले गरेका थिए । सहकारीमा हाल ३ सय ३ सदस्य छन् ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...