मलामी जान भनि पास लिइएको गाडी दुरुपयोग, एम्बुलेन्समा यात्रु ओसारपसार, प्रहरीले गर्यो कारवाही

पोखरा । मानिसको मृत्यु भएकाले मलामी जानको लागि भनि जिल्ला प्रशासन कार्यालय कास्कीबाट जारी भएको सवारी पासको दुरुपयोग भएको छ । रकम लिई सवारी साधनमा मानिस ओसारपसार गरेको पाइएपछि प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

स्याङ्जा भिरकोट नगरपालिका वडा नंं. ६ बस्ने र लिलाप्रसाद पंगेनी र स्याङ्जाकै अर्जुनचौपारी गाउँपालिका वडा नंं ५ बस्ने प्रताप पौडेललाई सवारी दुरुपयोग गरेपछि प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरी चैत २३ गते थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी चैत १९ गते अन्दाजी राति ११ बजेको समयमा आकस्मिक सेवामा प्रयोग हुने एम्बुलेन्सको दुरुपयोग भएपछि प्रहरीले पक्राउ गरेको छ । धादिङ गजुरी गाउँपालिका पिंजडा स्वास्थ चौकीबाट संचालित बा२झ ३०९८ नम्बर र प्राबिधिक स्वास्थ केन्द्र धादिङबाट संचालित बा २ झ ४३३३ नम्बरको एम्बुलेन्समा १५ जना मानिसहरु राखी पर्बतबाट धादिङतर्फ जान लागेको अवस्थामा पक्राउ गरिएको छ ।

पोखरा महानगरपालिकास्थित पोखरा बाग्लुङ सडक खण्डबाट उक्त एम्बुलेन्सहरु र चालकहरुलाई नियन्त्रणमा लिई कानुनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.