पिड्याट्रिक नर्सेसको वार्षिकोत्सवमा मनाइयो

पोखरा, २२ फागुन ।
पिड्याट्रिक नर्सेस एशोसिएशन कास्कीको प्रथम वार्षिकोत्सवमा पोखरा बुधबार सम्पन्न भएको छ । उक्त अवसरमा बाल दुव्र्यवहार र त्यसमा पिड्याट्रिक नर्सहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल नर्सिङ संघका केन्द्रीय उपाध्यक्ष नीता ताम्राकारको प्रमुख अतिथि रहेकी थिइन् ।  कार्यक्रममा अस्पतालका नर्सिङ प्रशासक सरिता कार्कीले बाल दुव्र्यवहार र त्यसमा पिड्याट्रिक नर्सहरुको भूमिका बारेमा प्रकाश पारेकी थिइन । संस्थाकी आजीवन सदस्य भावना अधिकारीले एकवर्षे कार्यक्रम तथा गतिविधिका बारे प्रकाश पारेकी थिइन ।

संस्थाका अध्यक्ष राधिका रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा नेपाल नर्सिङ संघका कास्की अध्यक्ष क्षेत्र रोका, सल्लाहकार सरिता गुरुङ लगायतले बोलेका थिए । पिड्याट्रिक नर्सेस एशोसिएशनका आजीवन सदस्य रितु कोइरालाले स्वागत गरेको कार्यक्रम संचालन शारदा शर्माले गरेकी थिइन् ।

You might also like

Comments are closed.