पिताको स्मृतीमा समाजलाई ५ लाख सहयोग

पोखरा, ३१ असार ।

सहारा अष्ट्रेलियाका अध्यक्ष एवम मुग्लान रेष्टुरेन्टका संचालक राजमान थकाली तथा उनका परिवारले आफ्ना स्वर्गिय पिता हरि प्रसाद थकालीको स्मृतीमा ५ लाख सहयोग गरेका छन् ।

राजमान थकाली र उनका दुइ भाई रत्न र पुस्कल थकालीले पिताको वार्षिकीको दिन तिन गाउँले थकाली समाजको निर्माणाधिन भवनमा एक कोठा आफ्ना पिताको स्मृतीमा निर्माण गर्न समाजलाई उक्त रकम प्रदान गरेका हुन् ।

राजमान, रत्न र पुस्कलले उक्त रकम बराबरको चेक तिन गाउँले समाजका अध्यक्ष क्षेत्र बहादुर थकालीलाई आइतबार हस्तान्तरण गरेका छन् । सामाजिक व्यक्तित्व हरि प्रसाद थकालीको ६५ वर्षको उमेरमा निधन भएको थियो ।

अष्ट्रेलियामा रहेर आहा रारा गोल्डकपमा दोश्रो नगद पुरस्कार प्रदान गर्दै आएका राजमान थकाली मुग्लान रेष्टुरेन्ट र हिमाअस कन्सलटेन्सीका संचालक समेत हुन् ।

You might also like

Comments are closed.