पिपिएल भइरहेको स्थानमा एक्स्पर्टको सरसफाई (फोटो फिचरसहित)

आर्थिक आवाज
पोखरा, १० असोज । एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसले पोखरा रंगशाला सरसफाई गरेको छ । पोेखरामा सञ्चालन भइरहेको पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिता सञ्चालन भइरहेको ठाउँमा शनिबार सरसफाई गरेको हो ।

सामाजिक उत्तरदायित्व बहन गर्दै एक्स्पर्टले सरसफाई कार्यक्रम गरेको हो । प्रतियोगिता अवधिभर दर्शकबाट फालिएका पानीका बोटल, प्लाष्टिकका कप लगायतका फोहरलाई सफाई गरिएको हो । करिब १५ बोरा फोहर संकलन गरिएको एक्स्पर्ट पोखराका निर्देशक रमेशकुमार थापाले जानकारी दिए ।

एक्स्पर्टका ग्लोबल प्रमुख कार्यकारी अधिकृत सञ्जिव शर्मा, ग्लोबल निर्देशक बद्री अर्याल, कन्ट्री म्यानेजर शरदराज पाठक, पोखराका निर्देशक रमेशकुमार थापा, ब्रिजबेनका निर्देशक सागर अर्याल, मेल्वनका निर्देशक शरोज शर्मा लगायत एक्स्पर्टका कर्मचारीहरु सरसफाईमा सहभागी थिए ।

सरसफाईमा विशेष चासो दिनुपर्छ भन्ने मान्यताले एक्स्पर्टले कार्यक्रम गरेको थापाले बताए । ‘सरसफाई प्रति आम मानिसमा चासो जगाउन हामीले सफाईको अगुवाई गरेका हौं,’ उनले भने ।

एक्स्पर्टको सामाजिक कामबाट आफू प्रभावित भएको कार्यक्रममा सहभागी दर्शक नरेश थापाले बताए । ‘खेल जसले जितेपनि मन एक्स्पर्टले जित्यो,’ उनले भने । सोही अवसरमा एक्स्पर्टले पिउने पानी, छाता र टोपी दर्शकलाई निःशुल्क वितरण गरेको छ ।

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको एक्स्पर्टले सामाजिक उत्तरदायित्व अन्तर्गत समय समयमा विभिन्न गतिविधिहरु गर्दै आइरहेको छ । एक्स्पर्टले धनगढी ब्लुजलाई मुख्य प्रायोजन गरेको छ ।

You might also like

Comments are closed.