पियाजियोले लन्च गर्यो भेस्पा रेसिङ सिक्सटिज

काठमाडौं ।
पियाजियोले भारतीय बजारमा विशेष प्रकारको स्कुटर भेस्पा रेसिङ सिक्सटिज मंगलबार लन्च गरेको छ । सो स्कुटर भेस्पा एसएक्सएलमा आधारित छ । १२५ र १५० सीसी गरी दुई इन्जिन अप्सनमा सो स्कुटर उपलब्ध हुनेछ ।

भेस्पा इन्डियाले पहिलो डिजिटल प्रेस कन्फ्रेन्समार्फत सो स्कुटरको बिक्री प्रारम्भ गर्ने घोषणा गरेको हो । सो स्कुटर पहिलो पटक गत अटो एक्स्पो २०२० मा प्रदर्शन गरिएको थियो ।

भेस्पा रेसिङ सिक्सटिज स्कुटरमा स्पेसल पेन्ट जब छ, जुन १९६० को रेसिङ लिभरिजबाट प्रभावित छ । रेगुलर एसएक्सएल १२५ र एसएक्सएल १५० भन्दा यो स्कुटर करिव ६ हजार भारुले महंगो हुने बताइएको छ ।

ह्वाइट पेन्ट जब वाहेक स्कुटरको फ्रन्ट फेन्डर, एप्रोन, ह्यान्डलबार काउल र रियर प्यानलमा रेड रेसिङ स्ट्रिप दिइएको छ । स्कुटरमा गोल्ड कलरको अलोय हिेवल छ ।

१२५ सीसी भेरिएन्टमा १२५ सीसीको थ्री भल्व इन्जिन छ, जसले ९।७ बीएचपी पावर र ९।६ एनएम टर्क जेनेरेट गर्छ । त्यसैगरी अर्को स्कुटरमा भएको १४९ सीसी थ्री भल्व एयरकुल्ड फ्युल इन्जेक्टेड इन्जिनले १०।२ बीएचपी पावर र १०।६ एनएम टर्क जेनेरेट गर्छ ।

यी वाहेक स्कुटरमा एलईडी हेडल्याम्प, सेमी डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ८ लिटरको इन्धन ट्यांकी र फ्रन्ट स्टोरेज पाकेट छ । स्कुटरको अघिल्लो भागमा डिस्क र पछिल्लो भागमा ड्रम ब्रेकिङ उपलब्ध छ ।

नेपाली बजारमा हाल भेस्पा एसएक्सएल १२५ को मूल्य ३ लाख २८ हजार ९४६ र भेस्पा एसएक्सएल १५० को मूल्य ३ लाख ७३ हजार ९४६ रुपैयाँ छ ।

यदि नयाँ स्कुटर नेपाली बजारमा आयो भने करिव १० हजार रुपैयाँ महंगो पर्न सक्ने अनुमान गर्न सकिन्छ ।

You might also like

Comments are closed.