पिसिसीआई आर्थिक पत्रकारिता पुरस्कार पत्रकार कोइरालालाई

पोखरा । पोखरा उद्योग वाणिज्य संघले युवा पत्रकार भरत कोइरालालाई पोखरा उद्योग वाणिज्य संघ (पिसिसीआई) आर्थिक पत्रकारिता पुरस्कार–२०७६ बाट सम्मानित गर्ने भएको छ । संघका पूर्व अध्यक्ष कृष्णमोहन श्रेष्ठको संयोजकत्वमा गठित पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार योग्य प्रतिभा चयन उपसमितिले मंगलबार कोइरालालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

सो समितिका सदस्यहरुमा संघका पूर्व उपाध्यक्ष ईश्वर कर्माचार्य, पूर्व कोषाध्यक्ष दिलीपराज श्रेष्ठ, नेपाल पत्रकार महासंघ कास्की शाखाका सल्लाहकार रमेश पौडेल र पोउवा संघका कार्यसमिति सदस्य हरिराज पन्त सदस्य थिए ।

पुरस्कारमा ३५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र रहेको छ । कोइरालाले पत्रकारिताको माध्यमबाट समग्र पोखराको आर्थिक विकासमा पु¥याएको योगदानको कदर गर्दै उनलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

संघले आफ्नो ६५औं अधिवेशनको अवसरमा आउँदो असोज ४ गते सम्मान गर्ने संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिए । हरेक दुई वर्षमा प्रदान गरिने सो पुरस्कारबाट यस अघि पत्रकार सन्तोष पोखरेल र रुपनारायण ढकाल सम्मानित भइसकेका छन् ।

You might also like

Comments are closed.