पिस सिभिकद्वारा विद्यार्थीलाई न्यानो कपडा सहयोग

लेखनाथ, १३ मंसिर । लायन्स क्लब अफ पोखरा पिस सिभिकको आयोजनामा न्यानो कपडा वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । पोखरा ३१ बेगनासको गोल्ठेपानीमा रहेको विश्वज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई कपडा वितरण गरिएको हो । विद्यालयका ३८ जना विद्यार्थीलाई कपडा वितरण गरिएको क्लबका अध्यक्ष युवराज खनालले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका क्याबिनेट सेक्रेटरी विनोद ढुंगानाले पिस सिभिकले स्थापनाको छोटो समयमा सामाजिक क्षेत्रमा रचनात्मक काम गर्न सफल भएको बताए । ‘जाडो समयमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरेर क्लबले प्रशंसनीय कार्य गरेको छ,’ उनले भने ।

कार्यक्रममा लायन्सका क्लस्टर प्रमुख पृथ्वीराज तिमिल्सिना, रिजन चियरपर्सन पवित्रराज तिवारी, वडा सदस्य पूर्णाखर पाण्डे, लायन्स क्लब अफ पोखरा मिड टाउनका अध्यक्ष सुरेन्द्र पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चतुरे विक, प्रधानाध्यापक सोमनाथ कँडेल, प्रथम उपाध्यक्ष किरण ढकाल, सचिव रेशम खड्का, कोषाध्यक्ष विकास कँडेल, कार्यक्रम संयोजक नरेशप्रसाद बराल लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.