पिस होमको ट्राफिक सचेतना तथा स्टेसनरी वितरण

पोखरा, २० माघ । लायन्स क्लब अफ पोखरा पिस होमको आयोजनामा ट्राफिक सचेतना तथा स्टेसनरी वितरण कार्यक्रम सम्पन्न भएको छ । पोखराको सिद्ध उच्च मावि फलेपाटनमा शुक्रबार कार्यक्रम गरिएको अध्यक्ष सुशीला सिग्देलले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै लायन्स डिष्ट्रिक्ट ३२५ बि १ का सिनियर एडभाइजर रामचन्द्र पोखरेलले ट्राफिक सम्बन्धी ज्ञान सम्पूर्ण व्यक्तिहरुमा हुनुपर्ने बताए । कार्यक्रममा प्रहरी नायव निरीक्षक राजकुमार केसी र ट्राफिक प्रमुख एन बहादुर मल्लले प्रशिक्षण दिएका थिए ।  कार्यक्रममा रिजन चियरपर्सन पम्फा पहारी, जोन चियरपर्सन सुशीला कोइराला, विद्यालय प्रधानाध्यापक शंकर ज्ञवाली लगायतले बोलेका थिए । कार्यक्रममा २ सय जना विद्यार्थी सहभागी भएको सिग्देलले जानकारी दिइन् ।

You might also like

Comments are closed.