पिस होम लायन्सको अध्यक्षमा बबिता पराजुली

पोखरा, १९ चैत

लायन्स क्लब अफ पोखरा पिस होमको लायन वर्ष २०१९÷२० को अध्यक्षमा बबिता पराजुली निर्वाचित भएकी छन् । क्लबको प्रथम उपाध्यक्षमा लक्ष्मी बास्तोला, सचिवमा विष्णा चापागाई, कोषाध्यक्षमा गंगा लामिछाने, मेम्बरसिप चेयरपर्सनमा कृष्णा श्रेष्ठ, एलसिआइअफ कोर्डिनेटरमा गोमा काफ्ले, क्लब एड्मिस्टेटरमा सरस्वती गुरुङ, सर्भिस चेयरपर्सनमा माया के.सी., मार्केटिङ कम्युनिकेशन चेयरपर्सनमा शारदा बराल, टेमरमा सृजना खनाल र डाइरेक्टरहरुमा क्रमस ः पुनम गुरुङ, मन्जु गुरुङ, शोभा भुजेल, अन्जु मल्ल, सुधा थापा र अन्य सदस्यमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

विभिन्न पेशा व्यवसायमा आवद्ध महिलाहरु मात्र सदस्य भएको क्लब लायन्स क्लब अफ पोखरा पिस होमको निर्वाचनबाट पराजुलीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको क्लबका संस्थापक अध्यक्ष कल्पना मल्लले जानकारी दिइन् । अध्यक्षमा निर्वाचित बबिता पराजुली कंगारु एजुकेशन फाउण्डेशन पोखरा शाखाको निर्देशक हुन् ।

कार्यक्रममा क्लबका अध्यक्ष लक्ष्मी थापा, नवनिर्वाचित अध्यक्ष बविता पराजुली, संस्थापक अध्यक्ष कल्पना मल्ल, पुर्व अध्यक्ष सरिता हुमागाई, सचिव लक्ष्मी बास्तोला लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.