पुतलीबजार नगरपालिकाका प्रवक्ता अधिकारीलाई सम्मान

पोखरा, ३० पुस । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्याङजाले पुतलीबजार नगरपालिकाका प्रवक्ता ख्यामनारायण अधिकारीलाई आइतबार सम्मान गरेको छ । नगरपालिकाको १३ नं. वडा अध्यक्षमा विजयी भएर नगरपालिकाको प्रवक्ता समेत भएका उनलार्ई सहकारीले साधारणसभाका अवसरमा सम्मान गरेको हो ।

यस अगाडि राष्ट्रसेवक भएर काम गरेकाले र अहिले जनप्रतिनिधिमा विजयी भएकाले सम्मान गरिएको सहकारीले जनाएको छ । उनी सहकारीका संस्थापक अध्यक्ष समेत हुन् ।

जिल्ला समन्वय समिति स्याङजाका प्रमुख सीता सुन्दास र प्रमुख जिल्ला अधिकारी महेश आचार्यले उनलाई सम्मान गरेका थिए । सम्मान पछि बोल्दै अधिकारीले राष्ट्रसेवक भएर काम गरेको अनुभवलाई जनप्रतिनिधिका रुपमा सामाजिक क्षेत्रमा प्रयोगमा ल्याउने बताए । सामुदायिक विद्यालयबाट एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोरी सुजिता पौडेलाई समेत सोही अवसरमा सम्मान गरिएको थियो । उत्कृष्ट बचतकर्ता र ऋणिलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै सुनुवारले सहकारीले जिल्लाको सहकारी अभियानमा महत्वपूर्ण योगदान पु¥याएको बताइन् । सहकारीका अध्यक्ष मञ्जू ढुंगानाको सभापतित्वमा आयोजित कार्य क्रममा निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य लिलाबहादुर घर्ती, संगठनका जिल्ला अध्यक्ष रमेश ढकाल, प्रमुख जिल्ला अधिकारी महेश आचार्य, संस्थाका सचिव ताराचन्द्र ढकाल, उपाध्यक्ष सिर्जना लामिछानेले पनि बोलेका थिए । संस्थामा १ सय ७२ जना शेयर सदस्य छन् ।

You might also like

Comments are closed.