पुरानै प्रतिद्वन्दी धरम र विकास उपाधी भिडन्तमा

पुष ३०,पोखरा
पोखरामा जारी दोश्रो ल्होछार कप पोखरा ओपन टेनिस प्रतियोगिताको उपाधीका लागि धरमबहादुर लामिछाने र विकास गुरुङ्ग भिड्ने भएका छन् । लेकसाइडको गुरुङ्ग भिलेज टेनिस कोर्टमा सोमबार भएको सेमिफाइनलमा धरमले राजन पौडेललाई तथा विकासले नविन चालिसेलाई पराजित गर्दै उपाधी भिडन्त निश्चित गरेका हुन् ।

विकास र नविन विच भएको प्रतिस्प्रधात्मक सेमिफाइनलमा विकासले ६–१, ६–७ र सुपरटाइमा ११–९ ले बाजि मारेका हुन् । पहिलो सेट सहजै आफ्नों पक्षमा पारेका विकासमाथि नविनले दोश्रो सेटमा संघर्षपूर्ण जित निकाले । सोही कोर्टमा आयोजित लुतो कपको उप–विजेता नविनले सुपरटाईमा पनि विकासलाई धौ धौ पारेका थिए ।

अघिल्लो संस्करणको उपविजेता राजन र धरमविचको अर्को सेमिफाइनलपनि त्यस्तै प्रतिस्प्रधात्मक हुने दर्शकले अपेक्षा लिएका थिए । तर राजनले अपेक्षाकृत खेल प्रस्तुत गर्न सकेनन् । धरमले ६–१ र ६–२ को सहज सेटमा खेल आफ्नों पक्षमा पारे । प्रतियोगिताको फाइनल खेल मंगलबार बिहान हुने टुर्नामेण्ट डाइरेक्टर प्रिती बरालले जानकारी दिइन् ।

धरम र विकासविच तीन वर्ष अघि सोहि कोर्टमा ओम फ्यामिली कप टेनिसको उपाधी भिडन्त भएको थियो । सो प्रतियोगितामा धरमले विकासलाई पराजित गरेका थिए । विकास यसपटक सोही कोर्टमा बदला लिने सोचमा रहने छन् । गुरुङ्ग भिलेजका पुरानै प्रतिद्धन्दी विकासलाई दोश्रो पटक पछार्ने दाउमा धरम हुनेछन् ।

You might also like

Comments are closed.