पुर्काेटमा कृषि जैबिक तथा औद्योगिक मेला हुने

तनहुँ, २९ पौष
तनहुँको भानु नगरपालिका ९ पुर्काेट बाइसजंघारमा कृषि जैबिक तथा औद्योगिक मेला २०७५ हुने भएको छ । जैबिक बिबिधता संरक्षण समितीको आयोजनामा अगामी माघ १० देखि २० गतेसम्म पुर्काेट कृषि जैबिक तथा औद्योगिक मेला २०७५ हुने भएको हो ।

समितिले पहिलो पटक महोत्सब आयोजना गरेको हो । “कला संगीत र सस्कृति, कृषि तथा स्थानिय उत्पादन बिकास र समृद्धि” भन्ने नाराका साथ सञ्चालन हुने उक्त महोत्सबमा बिभिन्न प्रकारका स्टल, प्रर्दशन सहित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सास्कृतिक कार्यक्रमहरु रहेको मुल आयोजक समितीका संयोजक सीताराम बजगाँईले जानकारी दिए ।
महोत्सबमा करिब एक लाख दर्शकले अबलोकन गर्ने आयोजकले अनुमान गरेको छ । उक्त महोत्सबले पुर्कोट क्षेत्रको समग्र पर्यटन प्रर्वधनमा टेवा पुग्ने आयोजकले विश्वास लिएको छ ।

You might also like

Comments are closed.