काठमाडौ. । पुर्वाधार भए नभएको यकिन नगरी भारतीय तरकारी र फलफुल आयातमा बिषादी परीक्षण अनिवार्य गर्ने निर्णय लिनु गल्ती भएको बताउँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादबले माफी मागेका छन्न् ।
स्वदेशी आयातकर्ताको मागपछि आयात खुलाइएको दाबी उनको छ । मन्त्रालयमा सोमबार आयोजित आकस्मिक पत्रकार सम्मेलनमा उनले माफी मागेको समाचार आजको आर्थिक अभियान र कारोबार दैनिकमा छ ।
सम्मेलनमा उनले सचिवको गलत निर्णयको कारण सरकार विवादमा परेको पनि आरोप लगाए । ‘हामीसँग एउटा मात्र ल्याब रहेछ, त्यसले दिएको रिपोर्ट समेत भरपर्दो रहेनछ । ‘सचिवहरुलाई यो कुरा थाहा थियो,’ उनले भने, ‘थाहा भएको कुरा त मन्त्रीलाई जानकारी दिनु पर्यो नि ।’
Comments are closed.