पुलिससँग पराजीत भयो संकटा

सन्देश श्रेष्ठ
पोखरा, १९ माघ । सिएमजी संकटा क्लव पोखरामा जारी मनकामना केबलकार पोखरा कपमा नेपाल पुलिस क्लवसँग स्तव्ध भएको छ । शनिबार पोखरा रंगशालामा भएको खेलमा ए डिभिजन लिगमा दोश्रो स्थानमा रहेको संकटा क्लव छैटौं स्थानमा रहेको नेपाल पुलिस क्लवसँग २–१ गोल अन्तरले स्तब्ध भएको हो । शुरुवाती अग्रतासमेत जोगाउन नसक्दा संकटा पुलिससँग पराजित हुन पुग्यो । पुलिसको जितमा अभिषेक रिजालले र रवि पासवानले गोल गरे । संकटाको तर्फबाट म्याक्सवेल एलोनले सान्त्वना गोल गरे ।

खेलको शुरुवाती अग्रता भने संकटाले लिएको थियो । खेलको ११ औं मिनेटमा सुवास गुरुङको क्रसमा म्याक्सवेलले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । पेनाल्टी एरियामा अनमार्क रहेका म्याक्सेवलले दायाँ साइडबाट फष्र्टबार च्यापेर प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।

शुरुवातमा रक्षात्मक रणनीति अप्नाएर मैदानमा उत्रिएको पुलि एक गोलले पछि परेपछि भने आक्रामक रुपमा प्रस्तुत भयो । खेलको ३१ औं मिनेटमा अभिषेक रिजालले पुलिसका लागि बराबरी गोल गरे । निरकुमार राईको पासमा अभिषेकले सेकेण्ड बार च्यापेर प्रहार गरेको बल सिधै गोलमा परिणत भयो । एक÷एकको बराबरीपछि निकै प्रतिष्पर्धात्मक भएको खेलमा पुलिसले ५४ औं मिनेटमा निर्णायक गोल ग¥यो । पुलिसका लागि रवि पासवानले निर्णायक गोल गरेका हुन् । उनले बिपक्षी रक्षात्मक टोलीको कमजोरीको फाइदा उठाउँदै गोलकिपर बिट भएको अवस्थामा गोल गरेका हुन् । संकटाका डिफेन्डर ट्याम्पी अर्नेष्टले क्लियर गर्नुपर्ने बल गोलकिपर राजाबाबु थापालाई ब्याक पास दिएका थिए । तर सो बल गोल किपर थापाले नियन्त्रणमा लिन नसकेर केहि पर पुगेको मौकामा रविले सदूपयोग गर्दै गोलमा परिणत गरे ।

प्रतिष्पर्धात्मक खेलमा पुलिसले केहि गोल गर्ने अवसर खेर फाल्यो । निर्धारित समय सकिएर थपिएको अतिरिक्त समयको पहिलो मिनेटमा पुलिसले पाएको गोल गर्ने अवसर सदूपयोग गर्न सकेन । पुलिसका अभिषेक रिजालले दिएको पासलाई भरत शाह गोल गर्न चुके । लगत्तै रवि पासवानले गरेको कडा प्रहार पनि फष्र्टबार हुँदै बाहिरियो ।

jutta mela

उसो त संकटाले पनि आधा दर्जन बढी गोल गर्ने अवसर सदूपयोग गर्न सकेन । पहिलो हाफको अतिरिक्त समयमा सुवास गुरुङले प्रहार गरेको फ्रिकिकमा म्याक्सवेलको हेडर पोल भन्दा केहि माथीबाट बाहिरियो । खेलको पचासौं मिनेटमा सेड्रिक आबाले दायाँ साइडबाट गरेको कडा प्रहार पनि बिपक्षी गोलकिपर शत्रुधन चौधरीले रोके । निर्धारित ९० मिनेटको समय सकिएपछि थपिएको ६ मिनेटको चौथो मिनेटमा म्याक्सवेलको कडा प्रहार पोल भन्दा थोरै माथीबाट बाहिरियो । खेलको अन्तिम मिनेटमा क्यासमान रुचालले गरेको कडा प्रहार बिपक्षी गोलकिपर चौधरीले पञ्च गरेर मुश्किलले जोगाए ।

शनिबारको खेलमा नेपाल पुलिसका रवि पासवान म्यान अफ दी म्याच घोषित भए । उनलाई नगद ५ हजारसहित ट्रफी प्रदान गरियो । प्रतियोगिता अन्तर्गत आइतबार शसस्त्र प्रहरी वलको एपिएफ क्लव र थ्रीस्टार क्लव आमनेसामने हुने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए ।

माघ २६ गतेसम्म हुने प्रतियोगितामा मनाङमस्र्याङ्दी क्लव, संकटा क्लव, थ्रीस्टार क्लव, नेपाली सेनाको त्रिभूवन आर्मी क्लव, नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी वलको एपिएफ क्लव, हिमालयन शेर्पा क्लव, च्यासल क्लव, ब्रिगेड ब्वाईज क्लव रहेका छन् । त्यसैगरी आयोजकको पोखरा ११, रिस्सो युनिभर्सिटी जापान र डफिन्स टिम फेमेली क्यामरुन प्रतियोगितामा सहभागि हुने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले बताए ।

प्रतियोगिताको बिजेतालाई उपाधिसहित ७ लाख ५५ हजार रुपैयाँ प्रदान गरिने एन्फा कास्कीले जनाएको छ । उपबिजेताले भने ४ लाख ५ हजार प्रदान गरिने एन्फाका महासचिव रमेश कार्कीले जानकारी दिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ता खेलाडीलाई जनही २५ हजार सहित ट्रफी प्रदान गरिने उनले बताए ।

You might also like

Comments are closed.