पुलिस र एपीएफ सभामुख कपको फाइनलमा

पोखरा, ४ माघ

पोखरामा जारी दोश्रो सभामुख कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि दुई बिभागिय टिम नेपाल प्रहरीको नेपाल पुलिस क्लव र सशस्त्र प्रहरीको एपीएफ क्लव भिड्ने भएका छन् । पोखरा रंगशालामा शुक्रबार भएको सेमी फाइनल खेलमा दुबै टिमले जित निकाल्दै उपाधि भिडन्त पक्का गरेका हुन् । उपाधि भिडन्त शनिबार दिउँसो पोखरा रंगशालास्थित भलिवल टे«निङ सेन्टरमा हुनेछ ।

शुक्रवार भएको सेमिफाईनल खेलमा नेपाल पुलिस क्लवले प्रदेश ३ माथी ३–२ को रोमाञ्चक जित निकाल्यो । नयाँ खेलाडीले भरिएको नेपाल पुलिस क्लवले न्यू डायमण्ड एकेडेमीको सेट भएको प्रदेश नम्बर ३ लाई १८–२५, २५–२०, २५–२३ , २७–२५ र १५–७ ले हराउँदै फाइनल यात्रा सुरक्षित ग¥यो । पहिलो खेल गुमाएको पुलिसले दोश्रो र तेश्रो सेट प्रदेश नम्बर ३ लाई सुम्पेको थियो । तर चौथो सेट जितेर बेष्ट अफ फाइभमा गएको बेला उत्कृष्ट प्रदर्शन गर्दै पुलिसले अन्तिम सेटमा सहज जित निकाल्यो ।

अर्को सेमीफाइनल खेलमा एपीएफले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा सुरक्षित ग¥यो । प्रतियोगिता अन्तर्गत शुक्रबारै भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई २५–८,२५–१८ र २५–११ को सोझो सेटमा हराउदै उपाधि यात्रा जारी राखेको हो ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको संयोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा विजेता टिमले प्रथमले नगद ३ लाख ५० हजार, द्वितीयले १ लाख ७० हजार, तृतीयले १ लाख र चौथोले सान्त्वना स्वरुप रु. ५० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै अन्य उत्कृष्ट विधाहरुमा बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट सर्भर, बेष्ट सेटर, बेष्ट लिब्रो, वेष्ट प्रशिक्षकलाई जनही रु. ५ हजार र उत्कृष्ट खेलाडीलाई नगद रु. १० हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

You might also like

Comments are closed.