पूर्वमन्त्रीलाई ७ करोड चन्दा असुलीको आरोप

काठमाडौं । विभिन्न उद्योगी व्यवासायीबाट सात करोड चन्दा असुली गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई पक्राउ गरिएको छ ।

हेटौँडाबाट काठमाडौं आउने क्रममा उनीसहित केन्द्रीय सदस्यद्वय मनबहादुर श्रेष्ठ र हरिचन्द्र आचार्यलाई प्रहरी प्रधान कार्यलयको विशेष टोलीसहित महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले राजधानको चान्नाखेलबाट मंगलबार पक्राउ गरेको खबर आजको नयाँ पत्रिकामा छ ।

You might also like

Comments are closed.