पूर्वमन्त्री ताम्राकारको श्रद्वाञ्जली सभा

पोखरा, २२ वैशाख

नेपाली काँग्रेसका पूर्वकोषाध्यक्ष एवं पूर्वमन्त्री रामकृष्ण ताम्राकारको १३ औ दिनको पुण्य तिथिमा पोखरामा आइतबार श्रद्वाञ्जली सभा गरिएको छ ।कास्की काँग्रेसले आयोजना गरेको श्रद्वाञ्जली सभामा कास्की काँग्रेसका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले पार्टीप्रति निकै प्रेम र सद्भाव राख्ने नेताका रुपमा ताम्राकारलाई स्मरण गरे । उनले स्व. ताम्राकारको सरल र सहयोगी स्वभाव सवैका लागि अनुकरणिय भएको उल्लेख गरे । पूर्वमन्त्री यज्ञबहादुर थापाले नेता तथा कार्यकर्ताले पार्टीका लागि पु¥याएको योगदान सधैका लागि स्मरणिय हुने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस पोखरा महानगर सभापति बजिरमान श्रेष्ठ, नेपाल महिला संघ कास्कीकी सभापति कोपिला रानाभाट लगायतले बोलेका थिए । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रम सचिव सुदिपमोहन भट्टराईले संचालन गरेका थिए ।

You might also like

Comments are closed.