पूर्ववनमन्त्री विरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौ । पूर्ववनमन्त्री तथा कालिका कन्स्ट्रक्सनका प्रमुख विक्रम पाण्डे विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा हालेको हो । आजको नेपाल समाचारपत्रमा खबर छ ।

पाण्डेको कालिका कन्स्ट्रक्सनले सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको, मूल नहर भत्किएको, डिजाइनमा नै त्रुटि देखिएको अक्तियारको ठहर छ ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...