पूर्वाग्रह राखियो, वाइडबडीमा मेरो संलग्नता छैनः मन्त्री अधिकारी (भिडियोसहित)

काठमाडौं, २३ पुस । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पूर्वाग्रह राखेर वाइडबडीमा आफ्नो नाम जोडिएको बताएका छन् । सोमबार पत्रकार सम्मेलन गरी मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमको वाइडबडी बिमान खरिदमा भएको भनिएको अनियमिततामा आफ्नो कुनै संलग्नता नरहेको बताएका हुन् । पूर्वाग्रही राखेर आफ्नो नाम जोडिएको उनले बताए ।

आफू मन्त्री हुनुभन्दा अगाडिको खरिद प्रक्रिया भएकाले र पहिल्यैदेखिको खरिद प्रक्रियामा आफू आएपछि अन्तिम भुक्तानीमात्रै दिएको बताउँदै अनियमितताका सन्दर्भमा आफूलाई कुनै जानकारी नभएको बताए ।

महालेखाले प्रश्न उठाउँदा उठाउँदै अन्तिम किस्ता बुझाएको र संसदमा झुट बोलेको भन्दै लेखा समिति अन्तर्गतको उपसमितिले अधिकारी सहितलाई कारबाही गर्न सिफारिस गरेको थियो । सर्वोच्चको आदेश अनुसार आफूले अन्तिम किस्ता रोक्न सक्ने अवस्था नरहेको अधिकारीले पत्रकार सम्मेलनमा बताए ।

LIVEनेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाज बारे उठेका समसामयिक विषय माथि पर्यटन मन्त्रालयमा चलिरहेको पत्रकार सम्मेलन…।

Gepostet von Rabindra Adhikari am Sonntag, 6. Januar 2019

You might also like

Comments are closed.