पूर्व राजा ज्ञानेन्द्रलाई भव्य स्वागत (फोटो फिचर)

आर्थिक आवाज
तनहुँ, १८ पुस । पूर्व राजा ज्ञानेन्द्र शाहलाई बुधवार दमौलीमा भव्य  स्वागत गरिएको छ । सडक मार्ग हुदै पोखराबाट काठमाडौँ जाने क्रममा पुर्व राजा शाहलाई सयौँ राजवादी समर्थकहरुले फुलमाला तथा खादाले स्वागत गरेका हुन् ।

 

 

पुर्व राजा ज्ञानेन्द्र शाह तथा पुर्व रानी कोमल शाह केही दिन अघि निजी भ्रमणका लागि पोखरा आएका थिए । केही दिनको पारिवारिक भ्रमण सकि काठमाडौँ फर्कने क्रममा राजाको स्वागतका लागी सडकमा भेला भएका राजावादी समर्थकहरुले राजाका पक्षमा नाराबाजी समेत गरेका थिए ।

 

You might also like

Comments are closed.