पूर्व विद्यार्थीहरुले गुरुपुर्णिमामा गुरुदक्षिणा दिने

पोखरा, २३ जेठ

गुरुदक्षिणा संकलन अभियानमा करिब २ लाख ७५ हजार संकलन भैसकेको छ । गुरु दक्षिणा संकलन अभियान असार महिना भरि चल्ने र आउँदो श्रावण ११ गते गुरु पुर्णिमामा एक समारोह बिच रकम हस्तान्तरण गर्ने यस अभियानका अभियानकर्ता पोखरा लेखनाथ महानगरपालीका ३३, शान्ति उदय माध्यमिक विद्यालय बरपाण्डेथुमका पूर्व विद्यार्थी मोती भुजेल बताउँछन् ।

भारतको ठकुरापार पोष्ट, बढया चोक गोरखपुरबाट आएर निरन्तर साढे तीन दशक भोला सिंह ठाकुरले जीवनको महत्वपूर्ण समय यहाँका विद्यार्थीलाई गणित र विज्ञान पढाएर बिताए । ठाकुरकै योगदानका जगमा आज धेरै विद्यार्थी प्रशासनिक, राजनीतिक, सञ्चारलगायतका क्षेत्रमा महत्वपूर्ण पदमा पुगिसकेको उनले बताए । निरन्तर साढे तीन दशक अध्यापन गराए पनि अस्थायी शिक्षककै रुपमा उमेर हदका कारण यही वैशाख २७ गतेदेखि सेवा निवृत्त बनेका ठाकुर यतिखेर प्रत्येक पूर्व विद्यार्थीको मनमस्तिष्कमा छाएका छन् ।

सेवा निवृत्त भएका ठाकुरलाई सामाजिक सञ्जालमार्फत आफ्नो जिन्दगीको हिसाबनै नगरी गणित सिकाउने एउटा आदर्श गुरुका रुपमा यतिखेर उनका पूर्व विद्यार्थीले चित्रण गरेका छन् । ठाकुरलाई विद्यालयमा शुरुमा माध्यमिक तहकै नियुक्ति दिइए पनि २०४४ सालदेखि भने उनलाई निम्न माध्यमिक तहको दरबन्दीमा राखिएको थियो । त्यसयता निमावि तहमा नै अध्यापन गरी अन्ततः अस्थायी शिक्षकका रुपमा सेवा निवृत्त भएका ठाकुरले यतिखेर नियमानुसार पाउनु पर्ने उपदान रकम पनि सहज रुपमा पाउन सकेका छैनन् । उपदानका लागि कागजात मिलाउन ठाकुर सर यतिखेर कहिले विद्यालय, कहिले जिल्ला शिक्षा कार्यालय त कहिले शिक्षक किताबखाना धाइरहनुपरेको कुरा सुन्नुपर्दा उनका पूर्व विद्यार्थीहरु निकै चिन्तित छन् । “३५ वर्ष मैले सेवा गरेको स्कुलले आफुलाई सानो कुरामा सहयोग नगर्दा दुख लागेको छ । २०४३ मंसिर ३१ मा निम्न माध्यमिक तहमा बिज्ञान बिषयमा सट्टा दरबन्दीमा नियुक्ति भई मिति २०४९ साउन ३२ देखि सोहि पदमा पदस्थापन भएको सम्बन्धित कागजमÞा उल्लेख छ । सट्टा भन्ने शब्द हटाएर दरबन्दी मात्रै लेखि दिने हो भने मैले झन्झट, दुख पाउने थिएन ।” उनले दुखेसो पोखे ।

वि.सं २०५९ साल साउन १ को सरकारी निर्णय बमोजिम शिक्षा मन्त्रालयले २०४६र०४७ साल सम्मका शिक्षकलाई एक शैक्षिक सत्र पुरा गरी अस्थायी रुपमा सेवा गरी अवकास भएका र हुने गैर नेपाली शिक्षकका हकमा पाँचदेखि १० वर्षसम्म सेवा गरेकालाई सेवा अवधिभर प्रत्येक वर्षको तलव अनुसारको आधा महिनाको, दशदेखि १५ वर्षसम्म सेवा गरेकालाई एक महिनाको र पन्ध वर्ष माथिका लागि डेढ महिनाबराबरको रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

श्रीमती चन्द्रावती सिंह र पाँच छोरीका अभिभावक ठाकुर अस्थायी सेवाका कारण पेन्सन सुविधाबाट वञ्चित हुँदै छन् । ठाकुरको सम्मानार्थ पूर्व विद्यार्थीहरू स्वतस्फूर्त यतिखेर गुरुदक्षिणा संकलन अभियानमा लागेको अभियानको संयोजन गर्दै आएका पूर्व विद्यार्थी मोती भुजेल बताउछन् । “गुरुको सम्मानमा हामीले स्वतःस्फूर्त यो अभियान शुरु गरेका हौँ”, उनी भन्छन् । “सामाजिक सञ्जालका माध्यमबाट सञ्चालित गुरुदक्षिणा संकलन अभियानमा देश विदेशमा रही विभिन्न सेवा, पेशा एवं व्यवसाय गर्दै आएका ठाकुरका चेलाहरूबाट गुरुभेटी संकलन अभियानमा उत्साहपूर्ण साथ र सहयोग प्राप्त भइरहेको छ । हाल सम्म पदम आचार्य, बिनोद प्रतेल, मोती भुजेल, ऋतु भुवाइ, दिनेश आचार्य कान्छो, करुणा महत, सुरज सापकोटा, गोबिन्द आचार्य, मिन भुजेल,दिपेन्द्र भुवाई, बिक्रम भुवाई, निलराज आचार्य, कृष्ण गुरुङ, दिपेन्द्र आचार्य,राजेन्द्र आचार्य, प्रकाश पौडेल , सुरेन्द्र पौडेल, शिबराज प्रतेल, बासुदेव पौडेल, मेघराज पौडेल, बिष्णु आचार्य, राजु भुवाइ, हुमनाथ पोख्रेल, बाबुराम आचार्य, नवराज लम्साल, डम्बर गुरुङ, प्रदिप आचार्य, ओेम गुरुङ, केश बहादुर गुरुङ, केश बहादुर गुरुङ, मधु गुरुङ, नन्द बहादुर गुरुङ, लेखनाथ पौडेल, शिबराम,लक्ष्मण,भरत बानिया, सुरेश आचार्य, सुमन आचार्य, रवि आचार्य, अप्सरा थापा, अञ्जली थापा, पवित्र आमा समुह, तारा देबी, कल्पना भुजेल, शारदा भुजेल, सम्मmना भुजेल, पिताम्बर आचार्य, शकुन्तला भुजेल, पर्बत भुजेल, लक्ष्मी आचार्य, शान्ति आचार्य,सुर्य पोख्रेल, पबिन गुरुङ, शान्ति गुरुङ, दिपक पोख्रेल, बिष्णु आचार्य, शान्ति भुवाइ, उमेश भुवाइ,मोहन भुवाइ, बिमला (आचार्य) भुवाइ,दिपेन्द्र आचार्य, बाबुराम सुनार,मिरा सुनार, फणिन्द््र आचार्य,उमेश आचार्य, अजय गुरुङ र विजय गुरुङ बाट सहयोग प्राप्त भैसकेको छ । यस अभियानमा साथ दिन चाहने पूर्व विद्यार्थीले नेपाल बैंक लिमिटेडको खाता नं ००९०१२००५६८३९७०००००१ (भोला सिंह) मा सहयोग गर्न सकिनेछ ।

You might also like

Comments are closed.