पृथ्वी राजमार्गले ग¥यो मेडिटेसन शिविर

पोखरा, १ फागुन

पृथ्वी राजमार्ग बस सञ्चालक समितिले बुधबार ‘स्वस्थ मन, खुशीयाली जीवनका लागि राजयोग प्रशिक्षण’ कार्यक्रम गरेको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले यातायात क्षेत्रमा पहिलोपटक पृथ्वी राजमार्ग बस सञ्चालक समितिसँगको सहकार्यमा योग सम्बन्धी कार्यक्रम गरेको हो ।

कार्यक्रममा प्रवचन दिदै ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पोखराका निर्देशक परिणीता दिदीले स्वस्थ हुनका लागि सकारात्मक सोंच राख्नु आवश्यक भएको बताईन् । उनले सकारात्मक सोंच र स्वस्थताका लागि सादा आहारविहार गर्नुपर्ने बताईन् । उनले आफ्ना बालबच्चाहरुलाई नकारात्मक कुरा नसिकाई सकारात्मक मात्र सिकाउनुपर्नेमा जोड दिईन् ।

५ दिनसम्म चल्ने मेडिटेसन शिविरमा ब्रह्माकुमार शिशिर रेग्मी, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पार्दीका प्रमुख अप्सरा दिदीलगायतले प्रशिक्षण दिने पृथ्वी राजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्रबहादुर केसीले जानकारी दिए ।

शिविरमा यातायात व्यवसायी, मजदुर, कर्मचारीलगायतको सहभागिता रहेको छ ।

You might also like

Comments are closed.