पृथ्वी राजमार्ग बस सञ्चालक समितिले बिहीबार वार्षिकोत्सव मनाउँदै

आर्थिक आवाज
पोखरा, २३ माघ । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले बिहीबार आफ्नो ४७औं वार्षिकोत्सव मनाउँदैछ । समितिको कार्यालय फिर्केमा पूर्वाह्न ११ बजेदेखि वार्षिकोत्सव विशेष कार्यक्रम हुने समितिका महासचिव योगेन्द्रबहादुर केसीले जानकारी दिए ।

वार्षिकोत्सव कार्यक्रम समितिका पूर्व अध्यक्ष बिचित्रमोहन भट्टराईको प्रमुख आतिथ्यतामा हुने उनले बताए । दश जोड दुई र एसइई परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने मजदुर, कर्मचारी र व्यवसायीका छोराछोरीलाई वार्षिकोत्सवको अवसरमा सम्मान गरिने भएको छ । बस, माइक्रोलगायत छुट्टाछुट्टै ४ किसिमका गाडीका उत्कृष्ट चालकलाई पनि सम्मान गरिने महासचिव केसीले जानकारी दिए । दुर्घटना नगराउने मध्येको उत्कृष्ट चालकलाई सम्मान गरिने उनले प्रष्ट्याए ।

वार्षिकोत्सवको अवसरमा स्वर्गीय हर्कबहादुर गुरुङको स्मृति पुरस्कारबाट एक जना व्यवसायीलाई सम्मान गरिनेछ । ज्ञान विद्या पदकबाट उत्कृष्ट अंक ल्याउने व्यवसायीका छोरा र छोरी १÷१ जनालाई पनि सम्मान गरिने उनले बताए ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...