पेक स्पोर्टस मिट २०१८ मंसिर २८ गतेबाट सुरु हुने

पोखरा, २७ मंसिर ।

पोखरा ईन्जिनियरिङ कलेजको साताब्यापी “पेक स्पोर्टस मिट–२०१८” मंसिर २८ देखि पुष ६ गते सम्म आयोजना हुने भएको छ ।

विद्यार्थीहरुलाई अध्ययनका अलवा उनीहरुको प्रतिभालाई उजागर गर्न यस्तो प्रतियोगिताहरु कलेजको स्थापनाकाल देखिनै हरेक वर्ष आयोजना गर्ने गरिएको कलेजका मुख्य प्रशासक चिजकाजी गुरुङले बताए ।

स्पोर्टस मिटमा छात्र–छात्रा भलिबल, फुटबल, बास्केटबल, फुटसाल, क्रिकेट, टेबुल टेनिस, ब्याडमिन्टन (सिङल, डवल्स), बुद्धीचाल र ५ किलोमिटर दौड प्रतियोगिता आयोजना गरिएको कलेजका अतिरिक्त कृयाकलाप संयोजक ई. राजु पुरीले जानकारी दिए ।

अन्तरकक्षात्मक प्रतिष्पर्धामा कलेजका करिब ४ सय विद्यार्थीहरुको सहभागिता रहने ई. पुरीले जानकारी दिए । अधिकांश प्रतियोगिताहरु पोखरा रंगशालामा संचालनहुने भएका छन् ।

पोखरा इन्जिनियरिङ कलेजमा हाल करिब १ हजार बिद्याथीहरु अध्ययनरत रहेका छन् जसमा डिप्लोमा तह तर्फ सिभिल र कम्प्यूटर, स्नातक तह तर्फ सिभिल, कम्प्यूटर र आर्किटेक्चर र स्नातोकत्तर तह तर्फ एम.एस.सी कन्स्ट्रक्सन म्यानेजमेन्टमा अध्यापन हुने गरेको छ ।

footwear exchange
You might also like

Comments are closed.