पेट्रोनस यामाहा रेसिङ टिमको पहिलो तस्बिर सार्वजनिक

काठमाडौं । यो पेट्रोनस यामाहा रेसिङ टिमको पहिलो सार्वजनिक तस्बिर हो । यी दुई राइडरले मलेसियाको सेपाङ र अन्य स्थानमा आयोजना गरिने वल्र्ड च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । टाइटल स्पोन्सरको रुपमा पेट्रोनस लुब्रिकेन्ट रहेको २०१९ मोटोजीपी वल्र्ड च्याम्पियनसिपका लागि पेट्रोनस यामाहा रेसिङ टिम तयार भएको छ ।

पेट्रोनस यामाहा सेपाङ रेसिङ टिममा फ्रान्को मर्बिडेली र फाबियो क्वार्टारारो रहेका थिए । त्यसैगरी खैरुल इदाम पावीले मोटो २ क्याटागोरीमा पेट्रोनस स्प्रिन्टा रेसिङ ब्यानरमा र आयुमु सासाकी र जोन म्याकफिले मोटो ३ प्रतियोगितामा भाग लिने छन् ।

पेट्रोनस लुब्रिकेन्टका अध्यक्ष दातक अहमद निजामले केही समय पहिले पेट्रोनसको लोगो र कलर सहितको यामाहाको बाइक र राइडिङ गियर सार्वजनिक गरेका थिए । यसरी प्रयोग गरिने यामाहाका बाइकमा पेट्रोनस लुब्रिकेन्ट प्रयोग गरिने छ । सो बाइकलाई गत फेब्रअरी ६ देखि ८ सम्म मलेसियाको सेपाङ इन्टरनेसनल सर्किटमा सम्पन्न अफिसियल मोटोजीपी टेष्टमा उपयोग गरिएको थियो । सो टिमले मोटोजीपी, मोटो २ र मोटो ३ गरी सबै क्याटागोरीका ग्रांपी मोटरसाइकल रेसिङमा प्रयोग गरिने छ ।

मलेसियन सरकारको स्वामित्वमा रहेको पेट्रोनस लुब्रिकेन्ट सन् २०१२ देखि नेपाली बजारमा पनि उपलब्ध छ । नेपालमा बतास अर्गनाइजेसन अन्तर्गतको त्रिथुंगा ट्रेडिङ कन्सर्नले पेट्रोनस लुब्रिकेन्ट बिक्री–वितरण गरिरहेको छ । विश्व बजारमा उत्कृष्ट १० लुब्रिकेन्ट मध्ये पेट्रोनस लुब्रिकेन्ट पनि पर्छ ।

You might also like

Comments are closed.